मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका २सय २६ जनाकै रिपोर्ट नेगेटिभ

अछामका २सय २६ जनाकै रिपोर्ट नेगेटिभ


गीता कुँवर, अछाम –

अछाममा कोरोना भाइरस परीक्षणका लागी संकलन गरीएको २ सय २६ जनाकै रिर्पाेट नेगेटिभ आएको छ ।

नेपाली सेनाको हेलिकप्टर मार्फत अछाममा दुई दिन लगाएर स्वाब संकलन गरिएको थियो । संकलन गरिएको सबै रिर्पाेट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए ।

अछामको बयालपाटा अस्पतालबाट ५१ जना,मंगलसेन नगरपािलकाबाट १ सय ७ जना र कमलबजारबाट ६८ जनाको स्वाब संकलन गरिएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट २ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।