मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरेन्द्रनगर क्वरेन्टीनमा राखिएका पाँच जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

वीरेन्द्रनगर क्वरेन्टीनमा राखिएका पाँच जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’


सुर्खेत – वीरेन्द्रनगरको क्वरेन्टीनमा राखिएका पाँच जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

भारतबाट फर्किएका उनीहरुलाई वीरेन्द्रनगरको खुल्लामञ्चमा रहेको क्वरेन्टीनमा राखिएको थियो । उनीहरुलाई क्वरेन्टीनमा राखिएको १४ दिनपछि कोरोना भाइरस परीक्षण गरिएको थियो । 

यसअघि भारतबाट आएका कर्णालीका विभिन्न जिल्लाका एकसय ८३ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको थियो । 

क्वरेन्टीनमा राखिएका पाँचै जना दैलेखका हुन । उनीहरुलाई आज नै घर पठाउने तयारी गरिएको छ ।