मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा विप्लव समूहका तीन नेता धरौटीमा रिहा भएलगत्तै अदालतबाटै फेरि पक्राउ

दाङमा विप्लव समूहका तीन नेता धरौटीमा रिहा भएलगत्तै अदालतबाटै फेरि पक्राउ


दाङ – जिल्ला अदालतले धरौटीमा रिहा गरेको विप्लव नेतृत्वको नेकपाका तीन जना नेताहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पुनः पक्राउ गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य द्धय केशबहादुर बाँठा, सन्तोष सुवेदी र पार्टीका रोल्पा विशेष जिल्ला सेक्रेटरी पुस्तमान घर्ती मगरलाई आज जिल्ला अदालत दाङको गेटबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई बाँके लगिएको छ । गएको असोज ३० गते राजपुरको मुङग्रैटाबाट पक्राउ परेका उनीहरुलाई राज्यविरुद्ध संगठित अपराध गरेको आरोपमा मुद्दा दायर गरेको थियो । तर जिल्ला अदालतले थुनछेक आदेश गर्दै गएको पुस ७ गते उनीहरुलाई १५/१५ हजार धरौटीमा हिरासत मुक्त गर्न आदेश दिएको थियो ।

पुनः पक्राउ पर्ने अवस्था आएको भन्दै धरौटी नतिरेपछि  तुलसीपुर कारागार लगिएका उनीहरुलाई केही दिनमै रोल्पा लगेर विभिन्न मुद्दा दर्ता गरिएको थियो । रोल्पा जिल्ला अदालतले ३०/३० हजार धरौटीमा हिरासतमुक्त गर्न आदेश दिएपछि पुनः गिरफ्तार गरि दाङ ल्याइएको थियो । 

दाङ जिल्ला अदालतमा रहेको १५/१५ हजार धरौटी बुझाएर निस्किदै गर्दा प्रहरीले पक्राउ गरेको हो । – unn.com.np