मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा ट्याक्सी दुर्घटना हुँदा छ घाइते, एकको अवस्था गम्भीर

डोटीमा ट्याक्सी दुर्घटना हुँदा छ घाइते, एकको अवस्था गम्भीर


डोटीमा ट्याक्सी दुर्घटना हुँदा छ जना घाइते भएका छन्।

बुधबार बिहान डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको से १ ज २३८८नम्बरको ट्याक्सी जोरायल गाँउपलिका-१मा दुर्घटना भएको हो।

ट्याक्सी अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको थियो।

दुर्घटनामा ३८ वर्षीय चालक डडेल्धुराका मानबहादुर थापा र पाँच यात्रु घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कर्णबहदुर बोहोराले जानकारी दिए।

चालक डडेल्धुराबाट आफ्नो खुट्टामा रड निकाल्न धनगढीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा घाइते भएका रामचन्द्र भण्डारी, रतन भण्डारी, आर्यान थापा, एलिजा थापाको अवस्था सामान्य छ भने मन्धरी थापा टाउकोमा चोट लागेको छ।

उनीहरू सबै डडेल्धुरा अमरगढी नगरपालिकाका-५का स्थानीय रहेको प्रहरीले जनाएको छ। 

इन्स्पेक्टर बोहराका अनुसार उनीहरू सबैलाई उपचारका लागि धनगढी पठाइएको छ। – setopati