मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी क्वारेन्टाईनमा राखिएका मजदुरको गुनासो :हामीले भोकै मर्नुपर्ने हो ?

धनगढी क्वारेन्टाईनमा राखिएका मजदुरको गुनासो :हामीले भोकै मर्नुपर्ने हो ?


धनगढी : धनगढीमा क्वारेन्टाईनमा राखिएका मजदुरहरुले आफूहरुले भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका छन्। लकडाउनपछि काठमाडौँ लगायतका जिल्लाबाट घर फर्किने क्रममा प्रहरीले १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्ने गरी ल्याएका मजदुरहरुले खाना र पानी समेत नपाएको गुनासो गरेका हुन्।

धनगढी स्थित कैलाली उद्योग वाणिज्य संघको हलमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका मजदुरहरुले कुनै पनि निकायले वास्ता नगरेपछि भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका छन्। मंगलबार वीरगञ्जबाट फर्किने क्रममा प्रहरीले ल्याएर क्वारेन्टाईनमा राखेका धनगढीका जितबहादुर विश्वकर्माले आफू लगायत क्वारेन्टाईनमा रहेका २० जनाले खाना र पानी समेत नपाएको गुनासो गरे।

‘खाना र पानीको व्यवस्था नहुँदा भोकै बस्नुपर्ने ? यो कस्तो न्याय हो। अब हामीले भोकै मर्नुपर्ने हो?’ उनले भने, ‘चिसापानीबाट सबै व्यवस्थापन हुन्छ भनेर ल्याईयो अहिले अलपत्र पारिएको छ। हामी यो देशका नागरिक होईनौँ।’ यस्तै क्वारेन्टाईनमा बसेका धनगढीको फुलबारीका निर्मल भण्डारीले पनि हिजो साझदेखि अहिले सम्म खाना नपाएको बताए।

उनले उपमहानगरपालिकाले खाना दिने भन्ने सुनेको भएपनि भोकै बस्नुपर्ने अवस्था आएको बताए। बुटवलमा मजदुरी गर्दै आएका भण्डारीलाई पनि मंगलबार चिसापानीबाट धनगढी क्वारेन्टाईनमा राखिएको थियो। क्वारेन्टाईनमा राखिएकाहरुको सबै व्यवस्थापन स्थानीय पालिकाले गर्ने भनिएको छ। धनगढीमा उपमहानगरपालिकाको जिम्मा भएपनि क्वारेन्टाईनमा राखिएका मजदुरहरुको विचल्ली भएको हो।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले महावीर होटलबाट क्वारेन्टाईनमा बसेकाहरुलाई खानाको प्रबन्ध मिलाईएको भएपनि मंगलबार थपिएकाहरु छुटेको हुनसक्ने बताए। हिजो बेलुका ढिलोगरी उनीहरुलाई क्वारेन्टाईनमा पुगेपछि खानाको प्रबन्ध गर्न नसकिएको बताए।

तर आज बिहान खाना लिएर गएका बेला उनीहरु सबै परीक्षणका लागि अस्पताल पुगेकाले समस्या भएको बताए। अहिले उद्योग वाणिज्य संघको क्वारेन्टाईनमा २० जना मजदुरलाई राखिएको छ। – dineshkhabar