मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल बिनायक नगरपालिकाको बिपद् व्यावस्थापन कोषमा आर्थिक सहयोग जुट्दैँ, समाजसेवी भद्र शाहीले गरे ५१ हजार जम्मा

पञ्चदेवल बिनायक नगरपालिकाको बिपद् व्यावस्थापन कोषमा आर्थिक सहयोग जुट्दैँ, समाजसेवी भद्र शाहीले गरे ५१ हजार जम्मा


५ बैशाख, अछाम |

पञ्चदेवल बिनायक नगरपालिकाले स्थापना गरेको कोरोना भाईरस संक्रमण, रोकथाम तथा उपचार प्रकोप ब्याबस्थापनका लागि बिपद् व्यावस्थापन कोषमा आर्थिक सहयोग जुट्न थालेको छ ।

नगरपालिकाले नगरबाट १० लाख रकम विनियोजन गरि कोष स्थापना पछि अहीले ब्यक्तिगत तथा संस्थागत रुपमा राहत कोषमा आर्थिक रकम जम्मा हुन थालेको हो ।

हिजो मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नगरको कोरोना भाईरस संक्रमण, रोकथाम तथा उपचार प्रकोप ब्याबस्थापन कोषमा २३ लाख जम्मा गरेको पञ्चदेवल बिनायक नगरपालिकाका नगर उपप्रमुख अम्बिका चलाउनेले बताईन ।

यस्तै बिनायक निवासी हाल काठमाण्डौँमा रहेका नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधी भद्र बहादुर शाहीले नगरको बिपद् व्यावस्थापन कोषमा ५१ हजार जम्मा गर्नुभएको छ । समाजसेवी शाहीले कोरोना भाईरस संक्रमण, रोकथाम तथा उपचार प्रकोप कोषमा सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग जम्मा गरेको उल्लेख गर्नुभयो ।

यस्तै नेपाली कांग्रेस अछामका सहसचिव एवं प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले पनि १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उहाँले नगरलाई तयारी अवस्थामा राख्न पूर्व तयारी अनुसार थालिएको अभियानमा आफुले कोरोना भाईरस संक्रमण, रोकथाम तथा उपचारमा सहयोग पुगोस भनेर रकम जम्मा गर्ने बताउनु भयो ।

यस्तै बिनायकका समाजसेवी जनक बिकले पनि १५ हजार ५ सय ५० सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

नगरले सबै क्षेत्रबाट नगद अथवा जिन्सी, स्वास्थ्य सामाग्री लगायतमा सहयोगको अपेक्षा राखेकाले नगर उपप्रमुख चलाउनेको भनाई छ ।

साथै उहाँले खाद्यान्न सामग्री वितरणमा दोहोरोपना नपर्ने गरि एकरुपता ल्याउनका लागि एकमुष्ट रुपमा नगरलाई हस्तान्तरण गरि सहयोग गरिदिन समेत आग्रह गर्नुभएको छ ।

देश तथा विदेशमा रहेका हरेक ब्यक्तिले नगरपालिकाको रहेको बिपद् ब्याबस्थापन कोषको मछापुच्छे बैंक विनायकमा रहेको हिसाब नम्बर ८४०१५२४६५२९३६०७९ मा जम्मा गर्न सक्ने नगरपालिकाले जनाएको छ ।