मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका प्रदेश सरकारबाट २ कराेड बढी राहत प्राप्त

अछामका प्रदेश सरकारबाट २ कराेड बढी राहत प्राप्त



टेकराज भण्डारी, बैशाख ६, अछाम

अछामका स्थानीय तहहरुले प्रदेश सरकारबाट २ कराेड बढी राहत वितरणका लागि रकम प्राप्त गरेका छन् ।

जिल्लाका १० वटा स्थानीय तहहरुले जनसंख्या र राहत वितरणका लागि प्रदेश सरकारलाई उपलब्ध गराएकाे विवरणका अाधारमा २ कराेड ११ लाख ४० हजार रकम प्राप्त गरेका हुन् ।

स्थानीय तहका गरीब, असहाय र विपन्न परिवारलाई राहत प्रदान गर्ने भन्दै गत चैत्र २७ गतेको सुदूरपश्चिम प्रदेश सरकारकाे मन्त्रीपरिषदले गरेको निर्णय अनुसार प्रदेशका ८८ वटै स्थानीय तहलाई रकम पठाउने निर्णय गरेकाे थियाे ।

प्रदेशका सबै स्थानीय तहलाई प्रदेश सरकारले स्थानीय तहको कोरोना राहत कोषमा प्रदेश सरकार को तर्फबाट करिब १६ करोड बजेट पठाएको प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहराले बताउनुभयो ।

राहत वितरणका लागि पनि प्रदेश सरकारले मापदण्ड र कार्यविधि तयार पारेकाे प्रदेश सरकारले जनाएको छ । अाफ्नाे स्थानीय तहकाे राहत काेषमा रकम अाईसकेकाे र मापदण्ड र कार्यविधि अनुसार वितरण गरिने मंगलसैन नगरपालिकाका प्रमुख पदम बाेहराले बताउनु भयाे ।

अछामको मंगलसेन नगरपालिकाले सबैभन्दा बढी २९ लाख८० हजार रकम प्राप्त गरेकाे छ यसैगरी साँफेबगर नगरपालिकाले २४ लाख ६० हजार, कमलबजार नगरपालिकाले २१ लाख ६० हजार र पञ्चदेवल-विनायक नगरपालिकाले राहत वितरणकाे लागि २३लाख रकम प्राप्त गरेका छन् ।

यसैगरी चौरपाटी गाउँपालिकाले २२ लाख ३० हजार, मेल्लेख गाउँपालिकाले १७ लाख ५० हजार, बान्निगढी जयगढ गाउँपालिकाले १४लाख ५०हजार, रामारोशन गाउँपालिकाले १८ लाख ५० हजार, तुर्माखाँद गाउँपालिकाले २१ लाख र ढकारी गाउँपालिका – १८ लाख ६० हजार रकम प्राप्त गरेकाे सुदूरपश्चिम प्रदेश सरकार अार्थिक मामिला तथा याेजना मन्त्रीका स्वकीय सचिव अादर्श साउँदले जानकारी दिनुभयो ।