मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना आशंका गरिएका दुई जनाको नेपालगञ्जमा मृत्यु

कोरोना आशंका गरिएका दुई जनाको नेपालगञ्जमा मृत्यु


नेपालगञ्ज –

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना भएका दुई जनाको अस्पतालमै मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा रहेका दुई विरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुवैजना श्वासप्रश्वास तथा छाती सम्बन्धित समस्याले ग्रसित थिए ।

आइसोलेसनको आईसीयूमा रहेका बर्दिया बढैयाताल–३ का ४२  वर्षाीय इस्राइल बेहना र कोहलपुर–५ चपरगौरीकी ३२ वर्षीया शान्ता शर्माको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

बेहना वैशाख ३ गते र शर्मा चैत ३० गते अस्पताल भर्ना भएका थिए। बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्युमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचका लागि स्वाव झिकेर बुटवल पठाइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश्वर श्रेष्ठले बताए। – nepalsamaya