मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा ८ हजार बढिको कोरोना परीक्षण

सुदूरपश्चिममा ८ हजार बढिको कोरोना परीक्षण


धनगढी :  पूर्वी नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपनि सुदूरपश्चिम प्रदेशमा भने एक सातायता संंक्रमितको संख्या स्थिर रहको छ। पछिल्लो पटक लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलामा कोरोना संक्रमण देखिएकोमा त्यसयता कसैमा पनि कोरोना पुष्टि भएको छैन्।

सुदूरपश्चिमबाट संकलन गरिएका ८ हजार एक सय ५७ जनाको थ्रोट स्वावमध्ये आइतबार सम्म पीसीआर र र्‍यापिड टेस्ट विधीमार्फत ८ हजार ८५ जनाको परीक्षण गरिएको छ। ७२ जनाको रिपोर्ट भने आउन बाँकी छ। 

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार आइतबारसम्म पीसीआर प्रविधिबाट दुई हजार ५ सय ६ जनाको कोरोना परीक्षण गरिएकोमा पाँच जना बाहेक अन्य दुई हजार ५ सय एक जनाको रिपोर्ट नेगेटिभ आएको छ। र्‍यापिड टेस्ट गरिएका एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ भने ती व्यक्तिको समेत पीसीआर प्रविधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आईसकेको छ। 

आइतबारसम्म प्रदेशका नौँ वटै जिल्लामा पाँच हजार पाँच सय ७९ जनाको र्‍यापिड टेस्ट गरिएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। अहिले सम्म सबैभन्दा बढि प्रदेशको राजधानी कैलालीमा दुई हजार सात सय ६९ जनाको र्‍यापिड टेस्ट गरिएको छ।

यस्तै कञ्चनपुरमा ४ सय ७८, बैतडीमा दुई सय १५, दार्चुलामा चार सय २४, डडेल्धुरामा १२, डोटीमा ७ सय ५८, बझाङमा चार सय ८६, अछाममा दुई सय ३० र बाजुरामा दुई सय ५ जनाको र्‍यापिड टेस्ट गरिएकोमा एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। 

यस्तै आइतबारसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ९२ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशका विभिन्न अस्पतालमा ११ जनालाई आईसोलेसमा राखिएको छ। 

जसमा चार जना कोरोना संक्रमित छन् भने बाँकी ७ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ। उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ। यस्तै प्रदेशमा सबै जिल्लामा स्थापना गरिएका विभिन्न क्वारेन्टाईनमा एक हजार तीन सय ४६ जनालाई राखिएको छ।

श्रोत – dineshkhabar