मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समन्वय प्रमुख कुँवरले गरे सभामुख थापा संग भिडियो कन्फ्रेन्स

समन्वय प्रमुख कुँवरले गरे सभामुख थापा संग भिडियो कन्फ्रेन्स


बैशाख ८ अछाम

जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कँवरले सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापासँग भिडियो कन्फ्रेन्स मार्फत जिल्लाका कोरोना रोकथाम तथा नियन्त्रणको लागि भईरहेका समसामयीक बिषयका वारेमा जानकारी गराउनुभएको छ। जिल्लामा कोरोनाको प्रभाव, महामारी फैलिन नदिनका लागि सञ्चालित पूर्व सर्तकताका गतिीविधि, आगामी योजना, लकडाउनको स्थिति, सरकारलाई सुझाव, आवश्यक स्वास्थ्य सामग्री, अल्पकालिन र दिर्घकालिन बजेटको व्यवस्थापनको बिषयबारे जानकारी गराउनुभएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का बिषयमा समन्वय समिति प्रमुख कुँवरले जिल्लाका सरोकारवालासँगको समन्वयमा प्रभावकारी रुपले काम भैईरहेको जानकारी दिदै हालसम्म जिल्लामा भारत लगायत तेस्रो मुलुकबाट २ हजार ९ सय ४९ जना भित्रिएको जानकारी गराउनुभएको थियो । हालसम्म जिल्लामा २ सय ४३ जनाको स्वाव परिक्षण र २ सय ३० जनाको (आरडिटी) परिक्षण भएको छ ।

जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसअघि नै प्रदेशले जिल्लाका १० वटै स्थानीय तहलाई प्रदेश राहत बितरणका लागी २ कराड ११ लाख ४० हजार रुपैयाँ आएको जानकारी गराउनुभयो । राहात बितरणका लागि ५ हजार ३ सय ३७ जनाको तथ्याङकसंकलन भैसकेको जानकारी गराईएको छ । प्रमुख कुँवरले जिल्लामा अझै पनि स्वास्थ्य सामाग्रीको अभाव रहेका कारण उपलव्धताको लागि पहल गराईदिन सभामुख थापालाई आग्रह गर्नुभयो ।

यस्तै अछामका प्रमुख जिल्ला अधिकारि पुण्य बिक्रम पौडलले भिडियो कन्फ्रेन्स मार्फत महामारी नियन्त्रणका लागि जिल्लाले बनाएका योजना तथा जिल्लाको समग्र अवस्थाका बारेमा जिल्लाका सरोकारवालाहरुसंग छलफल भईरहेको बताउनुभएको छ । उहाँले खाद्य र औषधि ब्यवस्थापन, सरसफाई तथा जनचेतना बृद्धी गर्नका लागी पदेश सरकारले बजेट ब्यबस्थापन, स्थानिय तहमा राहत बढाउनु पर्ने, जिल्लामा माहामारी नियन्त्रण गर्न अहोरात्र खटीएका स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतीनीधी लगायतलाई सुरक्षात्मक गतिबिधी बढाउन प्रदेश सभाका सभामुख थापालाई अनुरोध गर्नु भएको छ ।

जवाफमा सभामुख थपाले जनप्रतिनिधिले आफ्नो स्थानिय तहमार्फत राम्रो काम गरिरहेको बताउदै सबैले मिलेर काम गरिरहेकाले यो कन्फ्रेन्सले एकताको सन्देस दिएको बताउनु भएको छ । उहाँले जिल्ला स्वास्थ्य कार्यलयलाई सुबिधा सम्पन्न गर्ने, नयाँ स्वास्थ्यकर्मी उत्पादन तथा परिचालनका लागी, खाद्य ब्यबस्थान, बिदेशीएका यसवाहरुलाई आत्मनिभरमा बनाउनु पर्नेमा सरकारले योजना बनाईरहेको बताउनुभएको छ ।

भिडियो कन्फ्रेन्समा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक भारती, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख झनक ढुङ्गानाको सहभागिता रहेको थियो । भिडियो कन्फ्रेन्समा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखले सहभागिता जनाएका हुन् ।