मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमित सुदूरपश्चिमेलीको सङख्या ११ पुग्यो

भारतमा कोरोना संक्रमित सुदूरपश्चिमेलीको सङख्या ११ पुग्यो

सुदूर आज

धनगढी– भारतमा कोरोनाको संक्रमण बढ्दै गएका बेला त्यहाँ रहेका सुदूरपश्चिमवासीमा पनि संक्रमण देखिन थालेको छ। अहिले सम्म भारतका दुई राज्यमा रहेका ११ जना सुदूरपश्चिमवासीमा कोरोनाको संक्रमण देखिएको छ। कामको सिलसिलामा भारतमा बस्दै आएको सुदूरपश्चिमका दुई परिवारका ११ जना सदस्यमा कोरोेना संक्रमण भएको खुलेको हो।

यसअघि दक्षिण भारतको बेंग्लोरमा बस्दै आएका बझाङका ४५ वर्षीय पुरुष र उनकी ३५ वर्षीया श्रीमतीमा कोरोना भाईरस कोभिड–१९ पुष्टि भएको थियो। पहिले श्रीमतीमा कोरोना संक्रमण देखिएको थियो। उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्।

त्यो परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी थिइन्। पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएकोमा स्वास्थ्य परीक्षण रिपोर्टमा बझङकी ति नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेको थियो। स्वास्थ्य परीक्षणमा महिलाका श्रीमानलाई पनि कोरोना भाईरस देखिएको हो।

छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको थियो। तर दोस्रो पटक परीक्षण गर्दा १० बर्षीय छोरामा पनि संक्रमण देखिएको हो। उनको अहिले भिक्टोरिया अस्पतालमा उपचार भईरहेको छ। श्रीमान र श्रीमतीलाई पनि कोरोना ठिक भईसकेको छ।

यस्तै भारतको मुम्बईमा एकै परिवारका ८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ। अछाम चौरपाटी गाउपालिका ५ लुग्रा स्थाई घर भई मुम्बईमा बसोबास गर्दै आएका ८ जनामा कोरोना संक्रमण देखिएको हो। – badimalikakhabar