मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गेटा मेडिकल कलेजमा निर्माण जारी, ६ लेन र हुलाकीमा काम थाल्ने तयारी

गेटा मेडिकल कलेजमा निर्माण जारी, ६ लेन र हुलाकीमा काम थाल्ने तयारी


धनगढी : कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माण कार्य जारी राखिएको छ। सरकारले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को संक्रमण थप फैलिन नदिन लकडाउन जारी गरेको २९ दिन पुगेपनि गेटा मेडिकल कलेजको निर्माण जारी राखिएको हो।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर सावदले निर्माण कार्य नरोकिएको जानकारी दिए। ‘अस्पताल भवनमा एक सय १० जना मजदुर भित्रै बसेर काम गरीराखेका छन्। कलेज भवन, आवास भवनमा पनि ४०–४५ जनाले कामलाई निरन्तरता दिएका छन्।

बाहिर नआउँनेगरी भित्रै क्याम्पमा बसेर काम चलेकै भएपनि निर्माण समाग्रीको समस्या भएको छ।’ कार्यकारी निर्देशक सावदले भने। निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट लगायतका सामान ढुवानीका लागि जिल्ला प्रशासनसँग समन्वय भईरहेको मेडिकल कलेजले जनाएको छ। चैत भित्र मेडिकल कलेज र अस्पताल भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोरोनाले प्रभावित भएको पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक सावदले जनाए।

अहिले सम्म निर्माणाधिन मेडिकल कलेजको कलेज र प्रशासनिक भवनको ९५ प्रतिशत काम सम्पन्न भईसकेको उनले बताए। अस्पताल भवनको ७० प्रतिशत, छात्राबास लगायतका अन्य संरचनाको ५० देखि ६० प्रतिशत प्रगती भएपनि लकडाउनले प्रभावित भएको छ। औसतमा मेडिकल कलेजको ७० प्रतिशत काम सम्पन्न भईसकेको उनले जानकारी दिए।

६ लेन र हुलाकीमा काम थाल्ने तयारी

गेटा मेडिकल कलेजमा निर्माण जारी रहेका बेला मोहनापुल अत्तरिया ६ लेन सडक र हुलाकी सडकमा समेत काम थाल्ने तयारी गरिएको छ। मोहना पुल अत्तरिया ६ लेन सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले जिल्ला प्रशासन कार्यालयबाट निर्माणको अनुमती प्राप्त भईसकेकाले छिट्टै काम थालिने बताए।

उनले प्रशासनबाट अनुमती प्राप्त भएपनि अहिलेको अवस्थामा समान्य समयको जस्तै काम गर्न ढुक्कसँग काम गर्न गाह्रा भएकाले पूर्व सर्तकता कसरी अपनाउने भन्ने तयारीमा रहेकाले सकभर भोली सम्ममा फिल्डमा काम थालिने बताए। कामदारहरुको दैनिक तापक्रम मापन गर्ने, छुट्टाछुट्टै राख्ने, कर्मचारी पनि सुरक्षीत भएर जानुपर्ने भएकाले सोही अनुसारको तयारी भईरहेको योजना प्रमुख एसीले बताए।

यस्तै हुलाकी सडक योजना कार्यालयले समेत लकडाउनको बेला गर्न सकिने काम सुरु गर्ने तयारी भएको जनाएको छ। हुलाकी सडक योजना कार्यालयका सूचना अधिकारी समेत रहेका ईन्जिनीयर पदमबहादुर मडैले निर्माण व्यवसायीले कामदार व्यवस्थापन गरिरहेकाले केही दिन भित्रै सुरु हुने जानकारी दिए।

हुलाकी सडकमा तत्काल निर्माणको काम सुरु गरिने भएपनि कालोपत्रेको काम भने अगाडी नबढने देखिएको छ। लकडाउनका कारण कालोपत्रे गर्ने जनशक्ति घर फर्किसकेकाले तत्काल धनगढी ल्याउन सकिने अवस्था नभएकाले प्रभावित हुने देखिएको इन्जिनीयर मडैले बताए।

हुलाकी सडकमा भारत र कपिलवस्तुबाट आएकाहरुले सडक कालोपत्रे गर्दै आएका थिए। तर उनीहरु घर फर्किएकाले तत्काल फिर्ता बोलाउन नसकिने हुँदा कालोपत्रेको काम नहुने हुलाकी सडक योजना कार्यालयले जनाएको छ। अन्य अतिआवश्यकीय काम भने सुचारु हुनेछन्। – dineshkhabar