मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम र बाजुराका जनताले संजग हुनै पर्छः डा. नाथ

अछाम र बाजुराका जनताले संजग हुनै पर्छः डा. नाथ


कमल रावल, अछाम ।

जिल्ला अस्पताल बाजुराका तत्कालिन कार्यालय प्रमुख डा. मोहन नाथले अछाम र बाजुराका जनताले यतिबेला संजग हुनुपर्ने बताउनु भएको छ ।

सुदुरपश्चिम प्रदेशका विकटका जिल्ला भएकाले कोरोनाभाईरसको संक्रमण भित्रिन नदिन हरेक नागरिकले संजग र सचेत हुनुपर्ने बताउनु भयो ।

अछाम र बाजुरामा छिमेकी देश भारतबाट थुप्रै दाजुभाई यतिबेला गाउमा आएकाले सबैलाई सचेत बन्दै होम क्वारेन्टाईनमा सुरक्षित बस्न आग्रह गर्नु भयो ।

डा. नाथले कोरोनाभाईरसको लक्षण आफुलाई देखिने बित्तिकै तत्काल स्वास्थ्यकर्मिलाई सम्पर्क राख्न आग्रह गर्नु भयो ।

यतिबेला कोरोनाभाईरसको संक्रमणको रोकथाम र नियन्त्रणका लागि आफु लगाएत ६ जनाको बिशेषज्ञ चिकित्सको टोलि अछाममा आएकाले समस्या आईपरिहाले जतिबेला पनि सेवा दिन तत्पर रहेको बताउनु भयो ।

सरकारले जिल्ला अस्पताल अछामलाई कोरोनाभाईरसको रोगको लागि लेभल १ को उपचार अस्पतालको रुपमा राखेकाले आवश्यक ब्याबस्थापनमा आफ्नो टिम लागि परेको बताउनु भयो । बाजुरामा करिब साढे २ बर्ष सेवा दिएकाले अछामसँग नजिक समेत भएकाले जिल्ला अस्पताल अछामको ब्याबस्थापनको प्रशंसा गर्नु भएको थियो ।

जिल्ला अस्पतालमा आवश्यक पर्ने समस्या समाधानका लागि प्रमुुख जिल्ला अधिकारी, नगरपालिका प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुख, अध्यक्ष सबै स्वास्थ्यकर्मिसँग छलफल तथा समन्वय गर्दै अगाडि बढिरहेको जानकारी समेत दिनु भयो ।

बाजुरामा अहिलेसम्म केन्द्रबाट खट्आिएको डा. आएन भन्ने गुनासोमा डाक्टर नाथले बाजुराका जनतालाई नआत्तिन आग्रह गर्दै चाँडै बाजुरा पुग्ने बताउनु भयो । यतिबेला बाजुरा जिल्लामा जानका लागि नै अछामको ट्मिमा आएकाले हरेक स्वास्थ्य समस्याको बारेमा जानकारी लिदै समाधानका लागि अघि बढ्ने बताउनु भयो ।