मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलबार सुदूरपश्चिममा १२ सय ३० जनाको कोरोना परीक्षण

मंगलबार सुदूरपश्चिममा १२ सय ३० जनाको कोरोना परीक्षण


धनगढी : 
सुदूरपश्चिम प्रदेशमा आज मात्रै थप एक हजार दुई सय ३० जनाको पीसीआर र यापिड  टेष्ट बिधी मार्फत कोरोना परीक्षण गरिएको छ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार हिजो सम्म ८ हजार ६ सय बढिको कोरोना परीक्षण गरिएकामा आज मात्रै थप एक हजार दुई सय ३० जनाको परीक्षण गरिएको हो। आज एक सय जनाको मात्रै पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको हो भने बाँकी एक हजार एक सय ३० जनाको र्‍यापिड टेस्ट गरिएको हो। आज पीसीआर प्रविधिबाट गरिएका परीक्षणमा कसैमा पनि कोरोना नदेखिएको केन्द्रले जनाएको छ। 

कैलालीमा भारतबाट फर्किएका युवकमा भने र्‍यापिड  टेस्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका ३ का १९ वर्षीय युवकमा र्‍यापिड टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णदेव जोशीले बताए। जोशीका अनुसार एन्टीबडी पोजेटिभ देखिएपछि उनलाई थ्रोट स्वाब संकलनका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ। 

यस्तै अहिलेसम्म विभिन्न अस्पतालको आईसोलेसनमा राखिएका ९९ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशका विभिन्न अस्पतालमा ६ जनालाई आईसोलेसमा राखिएको छ।

जसमा तीन जना कोरोना संक्रमित छन् भने बाँकी एक जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ। उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ। यस्तै प्रदेशमा सबै जिल्लामा स्थापना गरिएका विभिन्न क्वारेन्टाईनमा एक हजार ६ सय १० जनालाई राखिएको छ। – dineshkhabar