मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको छुट्टै आइसियू सञ्चालन

सेती अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको छुट्टै आइसियू सञ्चालन


धनगढी : 

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको छुट्टै आईसियु सञ्चालन गरिएको छ। प्रादेशिक अस्पतालले सूचना जारी गर्दै मंगलवारदेखि २ वटा भेन्टिलेटर सहित ५ बेडको आईसियु सञ्चालन गरिएको जनाएको छ।

कोरोना भाईरसका जटिल बिरामी भए उनीहरुको उपचारमा सहज होस भन्नका लािग भेन्टिलेटर सहितको आईसियु सञ्चालन गरिएको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए। ‘उक्त आईसियुमा कोरोना संक्रमितको मात्रै उपचार हुनेछ। जटिल बिरामी फेला परे पनि प्रदेशभित्रै उपचार गर्न पनि सहज हुनेछ।’ डाक्टर पाण्डेयले दिनेश खवरलाई भने। 

उनका अनुसार पहिलेदेखि सञ्चालनमा रहेको एक भेन्टिलेटर सहित ५ बेडको आईसियुमा पनि दुई वटा भेन्टिलेटर थप गरिएको छ। यस्तै अस्पतालमा विगतदेखि नै एक भेन्टिलेटर सहित ९ बेठको एनआईसियु समेत सञ्चालनमा रहेको डाक्टर पाण्डेयले बताए।

सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएपछि सेती प्रादेशिक अस्पताल महाकाली अस्पतालले भेन्टिलेटर खरिदको प्रक्रिया अगाडि बढाएका थिए। अहिले सेती प्रादेशिक अस्पतालमा तीन जना कोरोना संक्रमितको उपचार भईरहेको छ।

दुई जना संक्रमित भने सञ्चो भएर घर फर्किसकेका छन्। सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले कोरोना डेडिकेटेड अस्पताल घोषणा गरिसकेको छ। सेती अस्पतालकै मातहतमा सञ्चालन हुने गरी अहिले धनगढीमा ५० शैयाको आईसोलेसन भवन पनि निर्माण भईरहेको छ। – dineshkhabar