मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका अस्पतालबाट दुई जना कोरोना संक्रमित सहित ९९ जना डिस्चार्ज

सुदूरपश्चिमका अस्पतालबाट दुई जना कोरोना संक्रमित सहित ९९ जना डिस्चार्ज


धनगढी : सुदूरपश्चिमका अस्पतालबाट दुई जना कोरोना संक्रमित सहित ९९ जना डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालबाट दुई जना कोरोना संक्रमित र बाँकी ९७ जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्।

सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक र लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवकलाई दुई पटक सम्म कोरोना रिपोर्ट नेगेटिभ देखाएपछि डिस्चार्ज गरेको छ भने अन्य ३८ जना शंकास्पद बिरामीलाई पनि डिस्चार्ज गरिएको छ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ३८ जनालाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए। यस्तै प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार प्रदेशकै ठूलो डडेल्धुरा अस्पतालबाट कोरोना आशंका गरिएका १३ जनालाई डिस्चार्जै गरिएको छ।

‘अछाम अस्पताल र बयलपाटा अस्पतालबाट १०/१०, महाकाली र डोटी अस्पतालबाट ६/६, बैतडी अस्पतालबाट चार, भजनी अस्पतालबाट तीन, गोकुलेश्वर अस्पताल, बाजुरा अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २/२ जना, टीकापुर र बझाङ अस्पताल तथा कोल्टी स्वास्थ्य चौकीबाट १/१ जना संकास्पदलाई डिस्चार्ज गरिएको छ।’ प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले मंगलवार जारी गरेको सूचनामा उल्लेख छ।

केन्द्रका अनुसार अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा तीन जना संक्रमित सहित चार जना तथा बाजुरा र चौमलामा एक÷एक जना शंकास्पदको उपचार भईरहेको छ। 

कोरोनाका जटिल बिरामीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा बिगतमा सञ्चालनमा रहेको समेत जोडेर ६ वटा भेन्टिलेटर र १० बेडको आइसियू तथा महाकालीमा दुई वटा भेन्टिलेटर सहित चार बेडको आइसियू रहेको केन्द्रले दावी गरेको छ। – dineshkhabar