मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नातोलीको उद्दार राहत कोषमा हालसम्म ८० हजार राहत घोषणा

बान्नातोलीको उद्दार राहत कोषमा हालसम्म ८० हजार राहत घोषणा


कमल रावल, अछाम

मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलीका दाजुभाईले भारतमा सुरु गरेको कोरोना बिपद ब्याबस्थापन उद्दार राहत कोषमा हालसम्म ८० हजार राहत घोषणा भएको छ ।

स्थापना गरेको १० दिनमा भारतमा विभिन्न राज्यमा बसोबास गर्दै आएका दाजुभाईले घोषणा गरेको आर्थिक सहयोग गर्ने ६८ जना मार्फत ८० हजार भएको बताईएको छ ।

कोरोनाभाईरसको संक्रमणका कारण नेपाल तथा भारत पुर्ण रुपमा लकडाउन अर्थात निशेधाज्ञा भएका बेला समस्या परेका नेपालीलाई राहत जुटाउने उद्देश्यले कोषले आर्थिक रकम सँकलनको थालनी गरेको संयोजक केशर रावलले बताउनु भयो ।

यतिबेलाको समस्य अभियान गरेर राहत संकलन गर्न नसकिने भएकाले समाजिक संञ्जालबाट समुह मार्फत कुराकानि गरेर राहत जुटिरहेकाले चाँडै भारतमा अलपत्र परेका दाजुभाईलाई सहयोग गरिने रावलले बताउनु भयो ।

भारतमा अलपत्र परेकालाई उद्धार सहीत सहयोग गरिसकेपछि बान्नातोलीमा समेत कुनै समस्या आईपरे सहयोग जुटाउने उहाँले बताउनु भयो । भारतमा बान्नातोलीका दाजुभाईले थालेको अभियानमा साथ दिएर आर्थिक सहयोग गरिदिन प्रचारप्रसार बिभागका मोहन शाहले आग्रह गर्नु भएको छ ।