मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाद्धारा ६ वडाका २७ जनाको आरडिटी परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

मंगलसेन नगरपालिकाद्धारा ६ वडाका २७ जनाको आरडिटी परिक्षण, सबैको रिपोर्ट नेगेटिभ


नगरपालिकामा समुदायमै आरडिटी परिक्षण गरिदै

होम साउद, अछाम ।

मंगलसेन नगरपालिकाले नगरभित्रका सबै वडामा कोरोना संक्रमणको संकास्पद बिरामीको आरडिटी परिक्षण कार्य जारी रोखको छ । । जस अन्तरगत बुधबार वडानम्वर ८, ९, १० र ११ मा १६ जनामा कोरोना परिक्षणका लागि आरडिटी जाँच गरिएको हो ।

जुपु स्वास्थ्य चौकिमा ५ जना पुरुष र ओलिगाउ स्वास्थ्य चौकिमा ११ जनाको परिक्षण गरिएको हो । परिक्षण गरेका सबै १६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।

मंगलबार वडानम्वर १२ र १४ मा ३ महिला र ८ पुरुष गरि ११ जनाको परिक्षण गरिएकोमा उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

वडा वडामा आरडिटी परिक्षणका लागि मंगलसेन नगरपालिका स्वास्थ्य शाखाबाट ल्याव असिस्टेन्ट शिद्दराज देवकोटा र गणेश सोडारिलाई खटाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारिले बताउनुभयो ।

बिदेशबाट आएकाहरुलाई घरदैलोमा कोरोनाको आरडिटी परिक्षणको सेवा दिने उदेश्यले सबै वडामा परिक्षण भैरहेको उहाको भनाई छ । वैशाख ११ गते बिहिबार वडानम्वर १३ को बस्ति स्वास्थ्य चौकि र सहरि स्वास्थ्य क्लिनिक बाँडामा कोरोनाको परिक्षण गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

यो चरणमा नगर भरि ७० जना भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुको आरडिटी परिक्षण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताउनुभयो ।

जिल्लामै पहिलोपटक समुदाय स्तरमा कोरोना परिक्षण आरडिटी जाँच गरेर नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टीका लागि यो अभियान चलाईएको उहाँको भनाइ छ ।

मंगलसेन नगरपालिकाका सबै १४ वटै वडामा वैशाख १५ गतेभित्र यो चरणको परिक्षण अभियान सकिने नगरपालिकाका सुचना अधिकारी खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभयो ।