मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार १ मा व्यक्तिगत रुपमा ६३ परिवारलाई राहत वितरण

कमलबजार १ मा व्यक्तिगत रुपमा ६३ परिवारलाई राहत वितरण


टेकराज भण्डारी, अछाम

अछामको कमलबजार नगरपालिका वडा नम्बर १ मुलीमा व्यक्तिगत रुपमा ६३ परिवारलाई खाद्यान्न राहत सामग्री वितरण गरिएको छ ।

काेराेना भाईरसका कारण थप समस्यामा परेका र न्यून अायश्राेत भएका व्यक्तिहरूलाई सामाजिक दूरी कायम राख्दै प्रहरी तथा सराेकारवालाकाे राेहबरमा राहत सामग्री वितरण गरिएको हाे ।

कमलबजार १ मुली घर भई कमलबजारमा व्यापार गर्दै अाउनु भएका ढकाल जनरल स्टाेरका सञ्चालक चेतराज ढकालले व्यक्तिगत रुपमा प्रति परिवार १० केजीका दरले ६ सय ३० केजी चामल, प्रति परिवार १ पाेका तेल र एक पाेका नून वितरण गर्नुभएको हाे ।

काेराेना संक्रमण र लकडाउनका कारण समस्या परेका परिवारलाई राहत हाेस् भनेर अाफ्नाे तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयाेग गरेकाे सञ्चालक ढकालले बताउनु भयाे ६३ परिवारका २०१ जनसंख्याका लागि राहत सामग्री वितरण गरिएकाे प्रगतिशिल लेखक संघ अछामका सचिव पुष्पराज सञ्यालले जानकारी दिनुभयो ।

कमलबजार १ मुलीका फुर्केसल्ला,बडरुख, साञ्झिगाउँ, खिरचाैका लगायतका टाेलमा राहत सामग्री वितरण गरिएको हाे । लकडाउन तथा समस्या परेकाे बेला राहत सामग्री पाउँदा खुसी लागेकाे राहत पाएकाहरुले बताउनु भएको छ ।