मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा स्वाब संकलनका लागि सुरक्षित उपकरण बुथ स्थापना

बयालपाटा अस्पतालमा स्वाब संकलनका लागि सुरक्षित उपकरण बुथ स्थापना


बुथबाट स्वाब संकलन गर्दा जोखिम कम हुने : डा. गौचन

अछाम

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा कोरोना भाईरसको लागि स्वाब संकलन गरिने सुरक्षित उपकरण बुथ जडान गरिएको छ ।

अस्पताल परिसरमा कोभिड १९ को संकास्पद बिरामीको स्वाब संकलन गर्न नमुना संकलन बुथ स्थापना गरिएको स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

गैरसकारी संस्था एस नेपालको आर्थिक सहयोग र साँफेबगर नगरपालिकाको समन्वयमा नमूना संकलन वुथ स्थापना गरिएको हो । करिब १ लाख ५ हजारको सहयोग उक्त वुथको निर्माण गरिएको हो ।

स्थापना गरिएको नमूना संकलन वुथबाट स्वाब संकलन जोखिम नहुने निर्देशक डा. गौचनले बताए । वुथ संकलनमा बसेर स्वाँव निकाल्दा पिपिई सेटको प्रयोग गर्न नपर्ने समेत उहाँको भनाई छ ।

सोही क्रममा साँफेबगरका नगर प्रमुख कुलबहादुर कुवँरले अस्पतालमा कोरोना भाईरसको चेकजाँचको लागि चाहिने थप उपकरणको वारेमा निर्देशक डा. गौचनसँग जानकारी लिएका थिए ।

एस नेपालको आर्थिक सहयोगमा नमूना संकलन वुथ जिल्ला अस्पताल मंगलसेनमा पनि राखिने भएको छ । नमूना संकलन वुथ भित्र वत्ति, पंखा र स्वाँव संकलनको लागि पिपिई पन्जाको व्यवस्था समेत रहेको छ ।