मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेतीमा उपचाररत कोरोना संक्रमति दुई महिलाको स्वास्थ्य अवस्था पनि सामान्य

सेतीमा उपचाररत कोरोना संक्रमति दुई महिलाको स्वास्थ्य अवस्था पनि सामान्य


धनगढी : 
सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमति दुई महिलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। अस्पतालका अनुसार अहिले सम्म गरिएका परीक्षणमा दुबै महिलाको रिपोर्टमा कोरोना संक्रमण देखाएपनि स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ।

अस्पतालका सूचना अधिकारी दिलीप श्र्रेष्ठले दुबै संक्रमितको आईसोलेसनमा राखेर उपचार भईरहेको बताउँदै स्वास्थ्य अवस्था भने सामान्य रहेको बताए। उनका अनुसार तीन पटक सम्मको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको छ। 

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला र लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६५ बर्षीय महिलाको अस्पतालमा उपचार भईरहेको छ। सेती प्रादेशिक अस्पतालबाटै उपचार गराएर तीन जना संक्रमित भने ठिक भएर घर फर्किसकेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भईसकेका हुन्। 

यस्तै ¥यापिड टेस्टमा पोजेटिभ देखाएपछि कैलालीको बर्दगोरीयाका एक जनाको आज पीसीआर परीक्षण हुने भएको छ। – dineshkhabar