मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्र प्राप्तिका लागि मैले पनि पसिना बगाएको हु : कांग्रेस नेता तिमिल्सैना

लोकतन्त्र प्राप्तिका लागि मैले पनि पसिना बगाएको हु : कांग्रेस नेता तिमिल्सैना


अछाम

नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेद प्रकाश तिमिल्सैनाले १४ औँ लोकतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

सामाजिक सञ्जाल मार्फत शुभकामना दिदैँ कांग्रेस नेता तिमिल्सैनाले कांग्रेसको नेतृत्वमा आएको लोकतन्त्रमा आफुले पनि पसिना बगाएको उल्लेख गरेका छ ।

लोकतन्त्र प्राप्तीका लागि राजाले संबिद्यानको धारा १ सय २७ प्रयोग गरेर प्रजातन्त्रको हरण गरे देखि जनआन्दोलन २ सम्म आफु पनि सक्रिय सहभागी भएको तिमिल्सैनाको भनाई छ ।

परिवर्तनको लडाइमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिद प्रती तिमिल्सैनाले श्रद्धाञ्जली समेत अर्पण गर्दै १४ औँ लोकतन्त्रको दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनः स्थापना सहित जनताले अधिकार पाएका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बन सहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलो पटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भएको थियो ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ ।

वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ ।