मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा

लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा


नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबैलाई सजग हुन आग्रह गरेका छन्।

लोकतन्त्र दिवसका अवसरमा आज उनले एक सन्देश जारी गर्दै मुलुकमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा गरिएका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो प्राणको आहुती दिनुहुने सम्पूर्ण शहीदहरुको समर्पण, साहस र बलिदानको म स्मरण गर्दै उहाँहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि विसं २०६२÷६३ मा राजनीतिक दलहरुद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले विसं २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो। यो दिनलाई सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउँदै आएका छन्।

सभापति देउवाले वर्तमान सरकारले मुलुक कोरोना भाइरसका कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश ल्याएर संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य मान्यतालाई उल्लङ्घन गर्दै लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत हुन थालेको आरोप लगाएका छन्। लोकतन्त्रलाई  आघात पु¥याउने यस कार्यको सबैले भत्र्सना गर्नुपर्ने उल्लेख गर्दै उनले उक्त अध्यादेश तत्काल फिर्ता लिन पुनः आग्रह गरेका छन्।

सभापति देउवाले सोही दिवसका अवसरमा वीर योद्धाहरुको साहस, सङ्कल्प र बलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गर्न सबैलाई आह्वान गरेका छन्। -रासस