मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिक स्तरबाट थालिएको सहयोगार्थ अभियान अन्र्तगत ३ लाख ८१ हजार भन्दा बढीको सामाग्री बयालपाटा अस्पताललाई हस्तान्त्रण

नागरिक स्तरबाट थालिएको सहयोगार्थ अभियान अन्र्तगत ३ लाख ८१ हजार भन्दा बढीको सामाग्री बयालपाटा अस्पताललाई हस्तान्त्रण

अस्पतालले दिएको सेवाको मुल्यांकन गर्दै स्वस्र्फुत सहयोग गरेकोमा पूर्व जिविस सभापति स्वाद्धारा प्रशंसा व्यक्त


अस्पतालले दिएको सेवाको मुल्यांकन गर्दै स्वस्र्फुत सहयोग गरेकोमा पूर्व जिविस सभापति स्वाद्धारा प्रशंसा व्यक्त

पूर्ण बहादुर खड्का, अछाम ।

बयालपाटा अस्पतालका लागि नागरिक जनस्तर बाट थालिएको आर्थिक सहयोग अभियान अन्र्तगत समाजसेवी एवं अभियान्ता कृष्ण कुवँरले नागरिक जनस्तरबाट उठेको रकमको स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्नुभएको छ ।

बिहिबार सामाजिक दुरी कायम गर्दै ३ लाख ८१ हजार ३ सय ९८ बराबरको सामाग्री
हस्तान्त्रण गरिएको छ ।

स्वास्थ्य सामाग्रीमा पिपिई २५ थान, एन ९५ मास्क ३ सय थान, सर्जिकल माक्स १००० पिस हस्तान्त्रण गर्नुभएको हो ।

अभियान्ता कुवँरले न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनलाई सामाग्री हस्तान्त्रण गर्दै यो बाहेकको सबै रकम हरेक व्यक्तीले न्याय हेल्थ नेपालको खातामा सिधैँ जम्मा गर्ने बताएका छन् ।

उल्लेखित सामाग्री अस्पतालको आग्रहमा पहिले नै आदेश दिएर खरिद भएको भन्दै कुवँरले अव सिधै संस्थाको खातामा आर्थिक जम्मा हुने भएकाले अस्पतालले आवश्यक्ता अनुसार सामाग्री खरिद गर्न सक्नेछ ।

सामाग्री हस्तान्त्रणमा सहभागी भएका नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले छोटो पतिक्रीया दिँदै यस्तो बिपत्तीको समयमा सरकारले प्रभावकारी भुमिका खेल्न नसकेको उल्लेख गर्नुभयो ।

सरकारले समयमै अस्पताललाई आवश्यक पर्ने अत्यावश्क सामाग्री उपलब्ध गराउन नसक्नु दुखद भएको बताए । पूर्व जिविस सभापति समेत रहेका स्वाँरले बयालपाटा अस्पतालको काममको मुल्यांकन गर्दै हरेक सचेत नागरिक र संस्थाले स्वतर्फुत रुपमा आर्थिक सहयोग गरेकोमा प्रशंसा व्यक्त गरे ।

सभापति स्वाँरले बयालपाटा अस्पतालको लागि स्वेक्षिक सहयोग संगै स्थानिय तह, प्रदेश सरकार र केन्द्र सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए ।

एकद्वार प्रणाली मार्फत सहययोग बितरण गर्न नगर प्रमुख कुवँरको आग्रह

हस्तान्तरण कार्यक्रममा सहभागी साफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुँवरले आगामी दिनमा सहयोग गर्दा एकद्वार प्रणाली मार्फत बितरण गर्न आग्रह गरेका छन् ।

सहयोग गर्नु पर्ने बयालपाटा अस्पताल मात्रै नभई अन्य क्षेत्रलाई पनि भएकाले आउने दिनमा सहयोग नगरपालीकाको कोषमा रहने गरी सहयोग गर्ने नगर प्रमुख कुवँरले अनुरोध गरेका छन् ।