मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन ६, ७ तथा कमलबजार ६ ले निशेधाज्ञालाई कडाई गर्ने

मंगलसेन ६, ७ तथा कमलबजार ६ ले निशेधाज्ञालाई कडाई गर्ने


फाईल फोटो

कमल रावल, अछाम ।

मंगलसेन नगरपालिका वडा नम्बर ६ र ७ तथा कमलबजार नगरपालिका वडा नम्बर ६ ले लकडाउन अर्थात निशेधाज्ञालाई कडाई गर्ने निर्णय गरेका छन ।

३ वटै वडाका सिमानाकामा स्वयंम सेवक खटएर पुर्ण रुपमा सवारी साधन तथा पैदल यात्रा गर्नेलाई समेत रोक लगाउने ३ वटै वडा अध्यक्षले निर्णय गरेका छन ।

कमलबजार नगरपालिका वडा नम्बर ६ विरपथका अध्यक्ष राम बहादुर शाह, मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी र ७ का अध्यक्ष सिद्धराज ढुगाँना बिच भएको सयुक्त बैठकले विरपथको ठाँटिखाद, वडा नम्बर ६ को ठुलासैन र ७ को डास्सेगडामा स्वयंम सेवक खटउने र सबै ठाउमा बिक्रि वितरण हुदै आएको दुध जन्य पदार्थलाई समेत रोक्ने निर्णय गरिएको वडा नम्बर ७ का अध्यक्ष सिद्धराज ढुगाँनाले बताउनु भयो ।

सुरक्षाकर्मि, स्वास्थ्यकर्मि लगाएत उपचारको लागि वडा आउने र जानेले समेत वडा अध्यक्षबाट सिफारिस लिएर मात्र जान पाईने निर्णय भएको बताईएको छ ।

यदि निर्णयलाई अबज्ञा गरि आउने जसलाई पनि कारबाही गरिने वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।