मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा ३ वटा वडाका १ सय १४ जनालाई खाद्यान्न सामाग्री वितरण

कमलबजारमा ३ वटा वडाका १ सय १४ जनालाई खाद्यान्न सामाग्री वितरण


  • कमल रावल, अछाम

कमलबजार नगरपालिकाको वडा नम्बर १, २ र ३ मा असंगठित क्षेत्रमा काम गर्दै आएका श्रमिक वर्ग तथा असहायलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला खाद्यान्न अभाब खेपिरहेका ३ वटै वडाका १ सय १४ ब्यक्तिलाई राहत सामाग्री वितरण गरिएको कमलबजार नगरपालिकाले जनाएको छ ।

वडा नम्बर १ मा ३९, वडा नम्बर २ मा ४७ र वडा नम्बर ३ मा २८ जनालाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले बताउनु भयो ।

जसमा समग्रमा वडा नम्बर १ मा परिवार संख्याको आधारमा वितरण गर्दा ९ सय केजि चामल, ९५ केजि दाल, ६० लिट्र तेल, ३९ पोका नुन र ६० पिस साबनु, वडा नम्बर २ मा १४ सय १० केजि चामल, १ सय ४१ केजि दाल, ९४ लिटर तेल, ४७ पोका नुन र ९४ पिस साबुन त्यसैगरि वडा नम्बर ३ मा ८ सय केजि चामल, ४ केजि दाल, ५६ लिट्र तेल, २ पोका नुन र ५६ पिस साबुन वितरण गरिएको बिष्टले बताउनु भयो ।

सबै वडाको तंथ्याक नगरपालिकामा प्राप्त भईसकेकाले क्रमिक रुपमा सबै वडामा खाद्यान्न सामाग्री वितरण गरिने उहाँले बताउनु भएको छ ।