मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम प्रबेश गर्नेले २१ दिन क्वारेण्टाईनमा बस्नुपर्ने (सुचना सहित)

अछाम प्रबेश गर्नेले २१ दिन क्वारेण्टाईनमा बस्नुपर्ने (सुचना सहित)


अछाम ।

जिल्ला प्रशासन कार्यालय अछामले एक सुचना जारी गर्दै जिल्लामा बाहिर बाट आउने ब्याक्तीले अनिवार्य रुपमा २१ दिनसम्म क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बिहीबार एक सुचना जारी गर्दै जिल्ला वाहिरबाट आएका व्यक्तिले अनिवार्य रुपमा २१ दिनसम्म क्वारेन्टाईनमा बस्नु पर्ने निर्देशन दिएका छन् ।

यदी नबस्ने ब्याक्तीलाई रोग सङ्क्रमण ऐन अनुसार कारवाही गरिने बताएका छन् । यस्तै लुकिछिपि जिल्ला भित्र प्रवेश नगर्न पनि भनिएको छ ।

सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्दै आफू जहाँ रहको छ, त्यही ठाउँमा बस्न भनिएको छ ।

यस्तै लकडाउको समयमा खाद्यान्न तथा औषधी उपचारको आवश्यक परेमा सम्बन्धित स्थानीय तह सङ्ग समन्वय गर्न जारी सूचनामा भनिएको छ । यसअघि देश वाहिरबाट आएका व्यक्तिलाई मात्रै क्वारेन्टाईनमा राखिदै आएको थियो ।