मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वल्ड भिजन,आस्था र वाक नेपालद्धारा ४ लाखको सामाग्री जिल्ला बिपद ब्यबस्थापनलाई हस्तान्त्रण

वल्ड भिजन,आस्था र वाक नेपालद्धारा ४ लाखको सामाग्री जिल्ला बिपद ब्यबस्थापनलाई हस्तान्त्रण


अछाम ।

जिल्लाका तिन संस्थाले क्वारेण्टाईन व्यावस्थापनका लागि आवस्यक सामाग्री हस्तान्त्रण गरेका छन् ।

वल्ड भिजन इन्टरनेश्नल नेपाल ,आस्था नेपाल र वाक नेपालले सयूत्तः रुपमा जिल्ला बिपद ब्यबस्थापन समिती लाई क्वारेन्टाइन व्यावस्थापन गर्नका लागि आवस्यक पर्ने सामाग्री हस्तान्तरण गरेका ह्न ।

सामाग्री मा ९० थान ब्लाङकेट, ९० थान डोरी, ९० थान त्रिपाल र ९० थान मच्छर झुल गरी ४ लाख भन्दा बढी मुल्य बराबरका सामाग्री प्रमुख जिल्ला अधिकारीलाइ हस्तान्तरण गरिएको वाक नेपालका कार्यक्रम संयोजक हरिषचन्द्र रावलले बताए ।

अछाम जिल्लामा कोरोना भाइरसको जोखिम बढीरहेका बेला जिल्ला भन्दा बाहीर भारत तथा अन्य मुलुकबाट जिल्ला भित्रिनेहरुलाइ क्वारेन्टाइनमा राख्दा पर्न जाने असुबिधालाइ ध्यानमा राख्दै क्वारेन्टाइन ब्यवस्थापका लागी आवश्यक पर्ने साामाग्रीहरु हस्तान्तरण गरिएको आस्था नेपालका जिल्ला प्रशन्धक रुपक चन्दले बताए ।