मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनकाे प्रकाेप व्यवस्थापन काेषमा राष्ट्रिय बाँणिज्य बैंकद्वारा ३१ हजार ८ सय जम्मा

मंगलसेनकाे प्रकाेप व्यवस्थापन काेषमा राष्ट्रिय बाँणिज्य बैंकद्वारा ३१ हजार ८ सय जम्मा


  • हाेम साउद, अछाम /

राष्ट्रिय बाँणिज्य बैंक मंगलसेन शाखाले मंगलसेन नगरपालिकालाई ३१ हजार ८ सय बराबरको चेक हस्तान्तरण गरेकाे छ ।

काेराेना भाईरस संक्रमणकाे सम्भावित जाेखिम न्युनिकरणका लागि मंगलसेन नगरपालिकाले स्थापना गरेकाे प्रकाेप ब्यवस्थापन काेषमा बैंकले उक्त रकम याेगदान गरेकाे हाे ।

नगरपालिकामा पुगेर बैंकका शाखा प्रबन्धक धन बहादुर रावल सहित कर्मचारीकाे टिमले नगरप्रमुख पदमबहादुर बाेहरालाई चेक हस्तान्तरण गर्नुभएकाे थियाे । काेराेना संक्रमणकाे विश्वब्यापि महामारीको बेला संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले काेषम रकम जम्मा गरेकाे जनाईएकाे छ ।

चेक हस्तान्तरण कार्यक्रम पश्चात् बाेल्दै नगरप्रमुख बाेहराले नगरपालिकाले काेराेना संकटको सामना गर्न स्थापना गरेकाे काेषमा बैंकले रकम जम्मा गरेकाेमा धन्यवाद ज्ञापन गर्नुभयो । नगरप्रमुख बाेहराले याे सहयाेग सबै सहयाेगी हातहरु अगाडि बढाएमा संकटकाे सामना गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनुभयो ।

बैंकले गरेकाे सहयाेग नगरपालिकाका लागि धेरै ठुलाे भएको भन्दै उहाले उक्त काेषमा सक्दाे सहयाेग जम्मा गरिदिन अन्य बित्तिय संस्था र सराेकारवाला निकायलाई पनि अाग्रह गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अाेमकार शाह, याेजना अधिकृत तथा सूचना अधिकारी खकेन्द्रबहादुर साेडारि, लेखा अधिकृत बिष्णुप्रसाद उपाध्याय लगायत नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीकाे सहभागीता रहेकाे थियो।