मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाेखिम नियन्त्रण उपचार तथा व्यवस्थापन समिति द्वारा विभिन्न पालिका अनुगमन

जाेखिम नियन्त्रण उपचार तथा व्यवस्थापन समिति द्वारा विभिन्न पालिका अनुगमन


अछाम

जिल्लामा काेराेना राेकथामकाे लागि भईरहेकाे पहल र प्रयासकाे बारेमा बुझ्न जिल्ला स्थित काेराेना भाईरस जाेखिम नियन्त्रण उपचार तथा व्यवस्थापन अनुगमन समितिले अछामका विभिन्न तहहरुमा अनुगमन गरेकाे छ ।

समितिका संयाेजक जिल्ला समन्वय समिति प्रमुख नरवहादुर कुवर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाैडेल सहित समितिका पदाधिकारीहरु अनुगमनमा अछामका विभिन्न पालिकाहरुमा पुग्नुभएकाे छ ।

विहान ९ वजे साफेवगर नगरपालिकामा काेराेना राेकथामकाे लागि गरिएकाे पहल र प्रयासकाे वारेमा छलफल भएकाे छ भने राहत, तथा उद्वारमा भइरहेको पहलकाे वारेमा नगर प्रमुख कुलवहादुर कुवरले समितिलाई जानकारी गराउनु भएको छ ।

यस्तै समितिले मेल्लेख गाउपालिकाले काेाराना राेकथाक तथा नियन्त्रणकाे लागि गरिरहेकेा पहलकाे वारेमा समितिले जाचबुझ गरेकाे छ ।

गाउपालिका अध्यक्ष लाेकवहादुर वाेहराले राेकथाम तथा नियन्त्रणकाे लागि गाउपालिकाले गरिरहेकाे प्रयासकाे वारेमा जानकारी गराउनुभएकाे थियाे । यस्तै समितिले चाैरपाटी गाउपालेकाले काेराेना राेकथामकाे लागि गरेकाे पहलकाे वारेमा पनि जानकारी तथा निर्माण गरिएकाे क्वारेन्टाइनकाे अनुगमन गरेकाे छ ।

अध्यक्ष हर्कवहादुर साउदले राेकथामकाे लागि हरसम्भव प्रयास गरिएको जानकारी दिनुभएको छ । अनुगमन निरिक्षणमा समितिका संयाेजक तथा जिल्ला समन्वय प्रमुख नरवहादुर कुवर, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेल,भवानी बक्स गणका प्रमुख लाेचन कार्कि, अछाम प्रहरी प्रमुख दिपक भारती, नेपाल पत्रकार महासंघ अछामका कार्यबाहक अध्यक्ष खम्म खत्री, उपाध्यक्ष गिता कुवर तथा रेडियो जनप्रियका स्टेसन म्यानेजर तपेन्द्र कुवरकाे सहभागी रहेकाे थियाे ।

साफेबगर नगरपालिका, मेल्लेख गाउपालिका र चाैरपाटी गाउपालिकामा भएकाे अनुगमन तथा छलफलमा पालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष लगाएत जनप्रतिनिधि, कर्मचारी तथा सराेकारवालाकाे सहभागी रहेकाे थियाे ।