मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तनले तापक्रम घट्यो

जलवायु परिवर्तनले तापक्रम घट्यो


जलवायु परिर्वतनले जुम्लाको तापक्रममा घटबढ हुने गरेको छ। गत वर्षको तुलनामा जुम्लाको तापक्रम घटेकाले चिसो कायमै रहेको बताइएको छ। चिसाका कारण  बाक्लो कपडा लगाउनेदेखि न्यानो गर्ने काम भइरहेको स्थानीयवासीले बताएका छन्। 

चन्दननाथ नगरपालिका– ४ भारतीवाडाका सुरत हितानले वैशाख महिना लागेपछि गर्मी बढ्नुपर्ने हो तर झन् चिसो बढ्ने गरेको र न्यानो कपडा प्रयोग गर्नुपर्ने अवस्था भएको बताए।

अहिले जुम्लाको तापक्रम न्यूनतम सात दशमलव शुन्य डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग शाखा कार्यालय जुम्लाले जनाएको छ। कार्यालयका अनुसार गत वर्ष वैशाख महिनामा जुम्लाको अधिकतम तापक्रम २७ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो।

यो वर्ष यहाँको अधिकतम तापक्रम २५ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ। कार्यालय प्रमुख आसामपुरा कार्कीले एकातिर जलवायु परिवर्तनको केही असर र अर्को्तिर लकडाउनका कारण कलकारखाना, यतायात र उद्योग सञ्चान सञ्चालन नहुँदा पनि तापक्रम घटबढ भइरहेको हुन सक्ने बताए। यो वर्ष धेरै समय हिउँ र पानी पनि परिरहेको उनले बताए। रासस