मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा अपहरणमा परेकी १५ बर्षीय किशोरीको १६ घण्टापछि उद्धार, सात जना फरार

बझाङमा अपहरणमा परेकी १५ बर्षीय किशोरीको १६ घण्टापछि उद्धार, सात जना फरार

सुदूर आज

प्रतिकात्मक फोटो

बझाङ : बझाङमा आफन्तबाटै अपहरित १५ वर्षीय बालिकाको उद्धार गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ बुडखोरी टोलकी १५ बर्षीय किशोरीको १३ गते राति अपहरण भएकोमा १६ घण्टापछि स्थानीयले नै उद्धार गरेका हुन्।

स्थानीयका अनुसार गाउँमै आफन्तको घरमा खाना पकाउन गएकी किशोरीको राति ९ बजे अपहरण भएको थियो। 

१४ गते दिउसो उनलाई जंगलमा हातखुट्टा बाधेको अवस्थामा आफन्तले फेला पारेका हुन्। बेहोस अवस्थामा फेला परेकी किशोरीलाई उपचारका लागि सामुदायिक स्वास्थ्य इकाईमा लगिएकोमा थप उपचार जिल्ला अस्पतालमा भएको छ। अपहरणमा संग्लन गाउँकै सात जना भने फरार भएका छन्। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेशवहादुर बमले अपहरणमा संग्लनको खोजी भईरहेको र अहिले पीडित पक्षसंग छलफल भईरहेको बताए। – dineshkhabar