मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरा लागि क्वारेण्टाईन भनेकै नगर कार्यालय भएको छ – नगर प्रमुख, बडुवाल

मेरा लागि क्वारेण्टाईन भनेकै नगर कार्यालय भएको छ – नगर प्रमुख, बडुवाल


पदम बडुवाल, नगर प्रमुख,
बडीमालिका नगरपालिका बाजुरा

बाजुरा जिल्ला सदरमुकाम समेत रहेको नगरपालिका बडिमालिका नरगमा पछिल्लो समयमा देश नै लकडाउन भएपछि नगरले कोरोनाको लागि गरेका पूर्व तयारी तथा संक्रमण फैलिन नदिन नगरले के के काम गरेको छ भन्ने बिषयमा नगर प्रमुख पदम बडुवालसंग यस्तै बिषयमा सुदूरआजका लागि प्रधान सम्पादक खड्काले गर्नु भएको कुराकानीको सम्पादित अंश ।

नगर प्रमुख ज्यू, सुदूर आजमा यहाँलाई स्वागत छ ।

नमस्कार, धन्यवाद ।

अहिले देशभरी नै लकडाउन छ, यो बेला तपाईका दिनहरु कसरी बितिरहेका छन् ?

मेरा लागि लकडाउन र अरु सामान्य समय उस्तै उस्तै छ । लकडाउन भनेर मेरो लागी छुट्टै छैन् । म आफु यस नगरको नगरप्रमुखमा निर्वाचित भएदेखि प्राय सबै समय नगरपालिकालाई नै दिईरहेको छु । काम भईराख्ने हुनाले सबै दिन कार्यालय मै आएर काम गरिरहेको छु । मेरा लागि क्वारेण्टाईन भनेको नै अहिले कार्यालय भएको छ । खाना खान मात्र घर जाने गरेको छु । त्यो समय पनि सड्क खाली नै हुनेभएकाले सजिलो नै छ ।

देशका सबै ठाँउमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन लकडाउन गरियो, पूर्व तयारी गरिए, तपाईको नगरमा यो बेला भएका काम के के हुन् ?

पछिल्लो चरणमा देश नै लकडाउन भएपछि हामीले नगरका मुख्य नाँकाहरुमा हेल्थ डेस्कको स्थापना गर्यौँ । हाम्रो नगर जिल्लाको सदरमुकाम भएकाले मुख्य प्रवेश नाका, सदरमुकाम प्रबेश नाका, अछाम र बाजुराको सिमानामा हेल्थ डेस्कहरु स्थापना गरिएका छन् । यस्तै जिल्ला भन्दा बाहिर बाट आएका मानिसहरुको तथ्यांक रेकर्ड गर्ने काम पनि भएको छ । ५० जना मान्छेलाई राख्न सकिने गरी नगरमा रहेको मालिका नुमना माबीमा क्वारेण्टाईनको व्यावस्था गरियो । उक्त क्वारेण्टाईनमा बस्नेलाई सुचनाबाट बञ्चित हुन नदिन र जानकारी लिन सहज होस भनेर वाईफाईको समेत व्यबस्था गरिदिएका छौँ ।

अहिले क्वारेण्टाईमा कति जना छन् ?

अहिले उक्त क्वारेण्टाईनमा ७ जना बसिरहेका छन् । केहि थप हुने सक्ने देखिएको छ । यसअघि ५० जना भन्दा बढी क्वारेण्टाईनमा बसेर घर फर्किसकेका छन् । यसरी बस्ने र घर फर्किने क्रम चलिरहेको छ । यस्तै हामिले निर्माण गरेको उक्त क्वारेण्टाईन हुम्ला, मुगु र जुम्ला जाने नागरिक समेत यहि बाटो बाट जाने भएकाले उनिहरु सुरक्षित गन्तव्य पुग्न पहिले यहि क्वारेण्टाईनमा बसाएरु पठाउने गरेका छौँ । बास बस्नेका लागि भएपनि राम्रो व्यावस्थापन भएको हामीले महसुस गरेका छौँ । यस्तै हामीले सदरमुकाममा मार्तडीमा रहेको जिल्ला समन्वय समितीको हलमा १० बेडको व्यावस्था भएको आईश्वलेसन वार्डको निर्माण गरेका छौँ ।

वाईफाई सहतिको हामीले नगरमा ५० जना मान्छेलाई राख्न सकिने क्वारेण्टाईनको व्यावस्था गरेका छौँ भने १० बेडको आईश्वलेसन वार्डको निर्माण गरेका छौँ । नगरका सबै वडामा उल्लेख रुपमा काम भईरहेका छन् । वडालाई केन्द्रित गरेर ईनटरनेटको व्यावस्था सहति नगरपालिका परिवार भन्ने म्यासेञ्जर समुह चलाएको छ जसले गर्दा कहाँ के भईरहेको छ भनेर बुझ्न सजिलो छ ।

लकडाउनले गर्दा नगरमा गरिब विपन्न तथा ज्यालादारी गर्ने नागरिक पनि होलान् उनिहरुको लागि चाँही के व्यावस्था गर्नुभयो ?

पछिल्लो चरणमा राहत बितरण गर्ने कार्य बिधी निर्माण भएपछि नगरका ३२ जनालाई खाध्यान्न लगायतका सामाग्री वितरण गरेका छौँ भने नगरका अन्य वडाध्यक्षहरुले पनि आ आफ्नो तरिकाले खाद्यान्न लगायतका सामाग्री वितरण गरेका छन् । यस्तै बजारमा ज्यालाद्धारी गरेर खाने वर्गहरु एक सय जना जतिलाई पनि खाध्यान्न वितरण लगायतको व्यावस्थापन गरेका छौँ । यस्तै जिल्लामा खटिने संचारकर्मीलाई पनि राहतको व्यावस्था गरेका थियौँ । हेण्ड सेनिटाईजर, माक्स, साबुन लगायतका सुरक्षाका सामाग्री वितरण गरेका थियौँ ।

जिल्ला बाहिर रहेका नागरिकलाई जिल्ला ल्याउन र उनिहरुको उतै भएपनि व्यावस्थापनका लागि केही पहल गर्नुभयो ?

यो हाम्रा लागि चुनौती नै भएको छ । काठाण्डौ तथा देशका अन्य शहरबाट मान्छेहरु आउन प्रयत्न गरिहरेका छन् तर उनिहरुलाई ल्यान कठिन भईरहेको छ । त्यसका लागि पहल गर्दा सरकारले अनुमति नदिएको जिल्ला प्रशासन कार्यालय बाट खबर आउने गरेको छ । तर काठमाण्डौँ देखि थानकोट हुदै धेरै गाडी राजधानी बाहिरिरहेका सुन्नमा आईरहेको छ । यसमा सरकारको कम्जोरी देखिन्छ, लकडाउन भनेको आँखा चिम्म गरेको छ । खास कार्य विधि नियम कानुन नहुदाँ अप्ठेरो भएको छ । तर यसमा अन्य मान्छेले सस्तो लोकप्रियता कमाउन विभिन्न तरिकाले जसरी पनि मान्छे बाहिर पठाउने गरेका छन् । यसल गर्दा पछि गएर भयाभव अवस्था सिजर्ना हुन्छ कि भन्ने चिन्ता बढेको छ । तर हामिले जिल्ला बाहिर रहेकाहरुको उद्धारका लागि प्रदेश तथा संघिय सरकारसंग समन्वयको काम भईरको छ ।

तपाईको नगर त सदरमुकाम भएको भएको नगर पनि हो तपाईका वडाहरुमा के के काम भईरहेको छ ।

नगरका सबै वडाध्यक्ष, वडासचिव कार्यालयमै खटेर काम गरिरहेकाका छन् । सरसफाईका क्षेत्रमा पनि काम भईरहेका छन् । वडामा सामाजिक परिचालक पनि खटेर काम गरिरहेका छन् । महिला स्वयमसेवीका, बिद्यालयका शिक्षक, समितिका मान्छे टोल टोलमा सचेतनामुलक काम गर्न अनुरोध गरेका छौँ । त्यहि अनुसार काम भईरहेको छ ।

अन्य जिल्लाका छिमेकी स्थानिय तहसंग यो कसरी समन्वय भईरहेको छ ?

हाम्रो नगर जिल्ला सदरमुकाम भएकाले पनि आउने जाने क्रम बढ्ने कुरालाई मध्यनजर गर्दै सिफारिसको माध्यमबाट मात्र आउने जाने व्यावस्था गरिएको छ । जसले गर्दा आवश्यक बिरामी र अत्यावश्यक खाध्यान्नका लागि मात्र आउन जान छुट दिईएको छ । यस्तै बिशेष परिस्थीती बाहेक अन्यलाई कडाईका साथ लागु गरिएको छ । स्थानिय तहको अनुमती भएमात्र आउने जाने काम हुने गरको छ ।

कोरोनाका लागि के कस्तो तयारी छ ।

सामान्य उपचारका लागि बाहिर जान नपरोस भनेर वडामै उपचार होस भन्ने हेतुले हरेक वडामा सहरी स्वास्थ्य क्लिनक स्थापना गरेका छौँ । त्यसको व्यावस्थापनको लागि बेला बेलामा औषधी खरिद गरी वडा वडामा वितरण गरिहरेका छौँ । हरेक वडामा १ देखी ३ जना सम्म स्वास्थ्यकर्मी कार्यरत छन् । सुचना प्रविधीमा समेत हामीले उल्लेख काम गरेका छौँ । वडालाई केन्द्रित गरेर सबै वडामा ईनटरनेटको व्यावस्था गरिएको छ । जसले गर्दा कहाँ के भईरहेको छ भनेर बुझ्न सजिलो छ । नगरपालिका परिवार भन्ने म्यासेञ्जर समुह चलाएको छ । जसले गर्दा कुन ठाँउमा के समस्या भयो एकैचोटी खबर हुने भएकोले काम गर्न सजिलो छ । यस्तै सहर भन्दा गाँउमा का मगर्न सजिलो छ । कोही आउने बित्तिकै खबर सबै क्षेत्रमा खबर हुन्छ । यस्तै बेला बेलामा बैठक बसेर स्थानिय रेडियालाई सुचना दिएर प्रत्येक मान्छेलाई सुसुचित र जानकारी दिने गरेका छौँ ।

यो लकडाउनको बेला अरु क्षेत्रबाट कस्तो पहल तथा सहयोग भईरहेको पाउन भएको छ ।

लकडाउनले हो या अरु कारण हो अहिलेको अवस्थामा सक्रिय भनेकै स्थानिय तह मात्र भएको देखिन्छ । अरु खासै सक्रिय नदेखिएको महसुस भएको छ । संघिय सरकारबाट खासै सहयोग भएको छैन । संघिय सरकारले निर्देशन मात्र पठाउने काम गरेको छ । तर संघिय सरकारको एउटा ईकाई जिल्ला प्रशासन कार्यालय भएकाले सुरक्षाका दृष्टिकोणमा काम भईरहेको छ ।
अन्य सबै काम स्थानिय तह मार्फत नै भईरहेको छ । यस्तै प्रदेश सरकारबाट भने आर्थिक सहयोग भएको छ । राहत कोष स्थापना गर्न १६ लाख सहयोग प्राप्त भएको थियो भने वडाका लागि छुट्याईएको रकमबाट २ लाख कटौती गरेर ५० लाखको कोष खडा गरेका थियौँ । जस्तामा ४० लाख विभिन्न शिर्षकमा अवस्थामा हेरेर कोरोनाकै लागि खर्च भएको छ । अहिले आर्थिक रुपमा चुनौती छ । कोरोनाको लागि प्रदेश र संघिय सरकाले अबको भुक्तानी अर्को बर्ष दिनुपर्ने भए मात्र काम हुन्छ नत्र भने आर्थिक रुपमा चुनौती रहन्छ ।

धन्यवाद ।