मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा प्रादेशिक अस्पतालद्वारा बिद्यालयमा मनोसामाजिक परार्मश तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण सञ्चालन

बयालपाटा प्रादेशिक अस्पतालद्वारा बिद्यालयमा मनोसामाजिक परार्मश तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण सञ्चालन


अछाम ः बयालपाटा प्रादेशिक अस्पताल अछामले जिल्लाको साँफेबगर नगरपालिकाका ३ स्कुलमा मनोसामाजिक परार्मश तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले महेन्द्र मावी बयालपाटा, जनकल्याण मावी मष्टामाण्डौँ र त्रिपुरा सुन्दरी मावी श्रकिोटमा मनोसामाजिक परार्मश तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

अस्पतालको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा बिद्यालयका कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुको सहभागीता रहेको थियो । बिद्यार्थीहरुमा देखा पर्नेसक्ने मनोसामाजिक तथा मानसिक स्वास्थ्यका बिषयमा अस्पतालका मेडिकल अधिकृतहरु डा. एञ्जिला कुँवर, डा. ललन कुमार चौधरी र डा. शरद रिजालले प्रस्तुती दिएका थिए । बिद्यार्थीहरुलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्य भनेको के हो ? यस्तो हुदाँ के कस्ता लक्षण देखा पर्छन र लक्षण देखिएमा कहाँ कसरी उपचार गर्ने भन्ने बिषयमा जानकारी गराएका थिए ।

अुभिमुखिकरणमा सहभागी बिद्यार्थीहरले यसभन्दा पहिले आफुहरुले मनोसामाजिक तथा मानसिक स्वास्थ्यका बिषयमा जानकारी नभएपनि अबदेखि यसको बारेमा जानकारी प्राप्त भएको र केही भएमा खुलेर कुरा गर्न सकिने बताएका थिए । मनोसामाजिक तथा मानसिक स्वास्थ्यका बिषयमा राम्रो ज्ञान प्राप्त भएको उनिहरुले खुशी व्यक्त गरेका थिए ।

यस्तै बिद्यालयका प्रधानाध्यापकहरुले बिद्यार्थीहरुमा देखा पर्न सक्ने समस्यालाई न्युीनकरण गर्न बयालपाटा प्रादेशिक अस्पतालले कार्यक्रम सञ्चालन गर्दा बिद्यार्थीहरु आफ्नो स्वास्थ्य देखि सजग हुने र केही परिआए अस्पताल सम्म जानसक्ने भएको हुदाँ कार्यक्रम प्रभावकारी भएको बताए । आगामी दिनमा समेत अस्पतालले बिद्यालयहरु संग सहकार्य गर्दै स्वास्थ्यका अन्य बिषयहरुमा समेत कार्यक्रम गर्न उनिहरुको सुझाब थियो ।

मनोसामाजिक परार्मश तथा मानसिक स्वास्थ्यको उपचार बयालपाटा प्रादेशिक अस्पतालले निशुल्क रुपमा प्रदान गर्दै आईहरेको छ ।