मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस संसदीय दलका नेता डाक्टर रावलद्वारा जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

कांग्रेस संसदीय दलका नेता डाक्टर रावलद्वारा जन्मदिनको अवसरमा खाद्यान्न सहयोग


धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन्। शनिबार आफ्नो निर्वाचन क्षेत्र रहेको टीकापुर नगरपालिकालाई २७ क्विन्टल चामल, एक क्विन्टल दाल र एक क्विन्टल नुन सहयोग गरेको रावलले जानकारी दिए।

रावलले श्री रावल फाउण्डेशनमार्फत जन्मदिनको अवसरमा सो खाद्य सामाग्री सहयोग गरिएको बताए। टीकापुर नगरपालिकाको कार्यालयमै गएर नेता  रावल र पूर्व स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन्। उनले झण्डै एक लाख १३ हजार बराबरको खाद्य सामग्री सहयोग गरेका हुन्। लकडाउनका कारण नागरिकलाई परेको समस्यामा सहयोग गरिएको रावलले बताए। 

यस्तै सोही अवसरमा नेपाली कांग्रेस नगर कमिटिले संकलन गरेको ५० क्विन्टल चामल लगायतका खाद्य सामाग्री सहयोग गरिएको छ। त्यस्तै टीकापुर क्षेत्रका १५ जना  सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर समेत वितरण गरिएको छ। कांग्रेसले दुई लाख ५० हजार बराबरको खाद्य सामाग्री सहयोग गरेको हो। – dineshkhabar