मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किट अभावले जुम्लामा सुरु भएन कोरोना परीक्षण

किट अभावले जुम्लामा सुरु भएन कोरोना परीक्षण

सुदूर आज

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन ।

पीसीआर मेसिन जडान गरिए पनि किट अभावले सञ्चालन आउन नसकेको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पताल निर्देशक डा. मङ्गल रावलले जानकारी दिए । उनका अनुसार गएको मङ्गलबार प्रतिष्ठानले कोरोना भाइरसको परीक्षणका लागि पीसीआर मेसिन जडान गरेको थियो ।

मेसिन सञ्चालनका लागि जनशक्ति सबै तयार रहेको भन्दै उनले किट आउनेबित्तिकै परीक्षण शुरु गर्ने बताए । यहाँको पीसीआर मेसिन ठूलो क्षमताको भएकोले यसले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्नेछ ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानका पूर्वउपकूलपति डा‍. पारसकुमार आचार्यको सहयोगमा सुर्खेतमा २०० किट आइपुगेको र त्यो लिनका लागि आजै प्रतिष्ठानको जनशक्ति सुर्खेत हिँडेको बताए ।

रजिष्ट्रार काफ्लेले प्रतिष्ठानले २७ लाख रुपैयाँमा पीसीआर मेसिन खरिद गरेको बताए । उनका अनुसार मेसिन सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिहरूको शुरुमा आरडीटी परीक्षण गर्ने र थप शङ्कास्पद भएमा पीसीआर जाँचका लागि सुर्खेत पठाउने गरिएको छ । किट आउनेबित्तिकै परीक्षण कार्य तीव्र बनाउने प्रतिष्ठानले जनाएको छ । – onlinekhbar