मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सातै प्रदेशबाट कर्मचारीको विवरण माग

सातै प्रदेशबाट कर्मचारीको विवरण माग


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशसँग कर्मचारीको विवरण माग गरेको छ। संघीयताको कार्यान्वयनका क्रममा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि विवरण माग गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहालले रिक्त रहेका कर्मचारीको विवरण पठाउन सात वटै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहलाई अनुरोध गरेको जानकारी दिए।

दाहालका अनुसार वैशाख १४ गते पत्र काटेर कर्मचारी विवरण माग गरिएकोमा सबै निकायबाट विवरण प्राप्त भइसकेको छैन। मन्त्रालयले सोमबार पुनः पत्र पठाएर कर्मचारीको विवरण माग गरेको छ।

पत्रमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र अन्य अत्यावश्यक सेवा प्रवाह गर्न तथा कर्मचारी विवरण अध्यावधिक अभिलेखन गरी कर्मचारी व्यवस्थापन गर्ने प्रयोजनका लागि प्रादेशिक र स्थानीय तहका सबै निकायहरुमा कार्यरत र रिक्त कर्मचारीको कर्मचारी विवरण फाराम भरी पाँच दिनभित्र मन्त्रालयमा बुझाउन भनिएको छ।