मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा लकडाउन फितलो, मंगलसेन बजारमा आवत जावत बढ्यो, प्रशासन भन्छ लकडाउन खुकुलो छैन

अछाममा लकडाउन फितलो, मंगलसेन बजारमा आवत जावत बढ्यो, प्रशासन भन्छ लकडाउन खुकुलो छैन


कमल रावल, अछाम

अछाम जिल्लामा लकडाउन अर्थात बन्दाबन्दी फितलो भएको देखिएको छ । जिल्ला सदरमुकाम मंगलसेन लगाएत जिल्ला भरका ठुला देखि स्थानिय बजारमा मानिसहरूको आवातजावत सहित बाक्लो उपस्थिती देखिने गरेको छ ।

सदरमुकाम मंगलसेन बजारमा आईतबार, सोमबार र मंगलबार लगाएर दैनिक जसो ३ सय देखि ४ सय मानिसको बाक्लो उपस्थिती देखिएको थियो । बजारमा गाउ गाउबाट बैँक तथा दैनिक उपभोग्यका सामान ल्याउछौँ भनेर बाक्लो रूपमा बजार आउने गरेका ब्यापारिले बताईरहेका छन ।

आईतबार ईनभेष्टमेन्ट बैँक अगाडि देखि महालक्ष्मी बिकास बैँक सम्म लामो लाईनका साथै बजारमा घुमिरहेका थिए ।त्यसैगरि सोमबार र मंगलबार समेत बजार क्षेत्रमा बाक्लो भिड नै रहेको थियो ।

दैनिक जसो जिल्लामा बिना पासका सवारी साधन समेत दिउसोको समय त चलेका नै छैन रातिको समयमा समेत ओहोरदोहोर जानेका गरेका नागरिकको गुनासो रहेको छ । यसरी जिल्ला सदरमुकामा लकडाउन फितलो हुदै गएपछि स्थानिय गाउमा समेत बन्दाबन्दीको प्रभाब पर्न सकेको छैन ।

यतिबेलाको समयमा माछा मार्ने, जँगल तिर चोरी सिकारी सहित जडिबुटि सँकलन गर्ने लगाएतका क्रियाकलाप समेत बढेको पाईएको छ । तर यता जिल्ला कमाण्ड समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले लकडाउन खुकुलो नभएको बताउनु भएको छ ।

आईतबार बैँक तथा बित्तिय संस्थालाई सामाजिक दुरि कायम गरि काम गर्न अनुरोध गर्दा कार्यान्वयन नभएकाले अब कडाई गरिने बताउनु भयो । अब देखि यसलाई कडाई गर्ने प्रहरीको टोलि नियमित खटाईने बताउनु भयो ।

सरकारको बन्दान्दीको नियम गर्ने कसैलाई पनि छुट नहुने भएकाले कारबाही गरिने बताउनुभयो । जिल्ला कमाण्ड समितीको बैठक नै गरेर सिमानाकामा कडाईका साथै हरेक बजार क्षेत्रमा प्रहरी सक्रियता बढाईने बताउनुभयो । यतिबेलाको समय कोरोनाभाईरसबाट जित्नु भएकाले हरेकले नियम पालना गर्नुे पर्नेमा जोड दिनु भएको थियो ।