मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रमुख बोहराद्धारा मुख्यमन्त्री संग भिडियो कन्फ्रेन्स

नगर प्रमुख बोहराद्धारा मुख्यमन्त्री संग भिडियो कन्फ्रेन्स


अछाम

अछामका १० वटै स्थानिय तहका प्रमुखहरुले पछिल्लो समयमा गरेको कामको बारेमा मुख्यमन्त्रिलाई जानकारी गराएका छन ।

हरेक स्थानिय तहका प्रमुखले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सँग भिडियो कन्फ्रेन्स मार्फत पछिल्लो अबस्था र भाबि योजनाका बारेमा छलफल गरेका हुन ।

भिडियो कन्फ्रेन्समा आगामी वर्षको नीति तथा कार्यक्रममा स्थानीय तहले समेट्नु पर्ने विषयहरु, कोरोना भाइरसको रोकथाम, उपचार र राहत विवरण लगायतका विषयमा समिक्षा र आगामी वर्षको बजेट सम्बन्धी छलफल भएको मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले बताउनु भयो ।

अछामका सबै स्थानिय तहका प्रमुखले मुख्यमन्त्रिसँग भारत तथा तेस्रो मुलुकमा रहेको नेपाली दाजुभाईको उद्धार तथा राहतका लागि माग गरेका तुर्माखाद गाउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउनु भयो ।

जवाफमा मुख्यमन्त्रि भट्टले यो अधिकार केन्द्र सरकार भएको हुँदा आफूले नेपाल सरकारसँग र भारतीय दूतावासमा पहल गर्ने बताउुन भयो । साथै उहाले कोरोनाभाईरस नियन्त्रणका लागि अछामका स्थानिय तहले गरेका कामको प्रशँसा गर्दै मुख्यमन्त्रि भट्टले अझै सचेत र सजग हुन सबैलाई आग्रह गरेका थिए ।