मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीका एक जना मृत फेला

कैलालीका एक जना मृत फेला


कैलालीका एक जना सिन्धुपाल्चोको मेलम्चीमा मृत फेला परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका–१ क ३४ वर्षीय बिर्खबहादुर विक मृत फेला परेको प्रहरीले जनाएको छ।

हाल मेलम्ची नगरपालिका–११ कमलबहादुर भट्टराईको घरमा भाडामा बस्दै आएका विक बुधबार मेलम्ची नगरपालिका–११ धितालबेँसीस्थित खोल्सामा मृत फेला परेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए। रासस