मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाघको आक्रमण बाट जनप्रतिनिधि घाइते

बाघको आक्रमण बाट जनप्रतिनिधि घाइते


बाघको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिकामा एक जना घाईते भएका छन् ।
गाँउपालिकाको वडा नं. –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते हुनुभएको छ।

बिहिबार दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि आक्रमण गरी उहाँलाई घाइते बनाएको हो।

आक्रमणबाट उहाँको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए। घाईते खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पु¥याइएको छ। –रासस