मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा काेरोना परीक्षण रोकियो

सुदूरपश्चिममा काेरोना परीक्षण रोकियो


धनगढी : किटको मौज्दात सकिएपछि सुदूरपश्चिममा काेरोना परीक्षण आज पनि हुन सकेको छैन्। धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण किट अभावका कारण आज पनि हुन नसकेको हो।

बुधवार साँझ चार जनाको परीक्षण भएकोमा त्यसयता किटको मौज्दात सकिएपछि कोरोना परीक्षण हुन सकेको छैन्। परीक्षण नहुँदा चार दिनदेखि संकलन गरिएका नमूना पनि थन्काईएको छ। विभिन्न जिल्लाबाट शंकास्पद ५५ जनाको थ्रोट स्वाबको नमूना संकलन गरी प्रयोगशालामा पठाईएकोमा परीक्षण नहुँदा थन्काइएको छ। 

प्रयोगशालाका अनुसार पीसीआर बिधीबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक हुने गरेको छ। पीसीआर किटको मौज्दात भएपनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ।

अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको छ। किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका तीन जना बिरामीको पुनः परीक्षण समेत गर्न सकिएको छैन्।

किट अभाव संकलिनत नमूनाको समेत परीक्षण रोकिएपछि शंकास्पदको नमूना संकलन समेत अहिलेलाई बन्द गरिएको छ। यता सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि किटको मौज्दात सकिएको बताउँदै आज सम्म संघीय सरकारले पठाउने जानकारी आएको बताए।

उनका अनुसार आजसम्म संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशका लागि तीन सय बढि किट पठाउने तयारी गरेको छ। तर आज किट पठाएपनि आजै फेरी परीक्षण सुरु गर्ने सम्भावना भने निकै न्यून छ। यसअघि सुदूरपश्चिम प्रदेशमा स्वाब राख्ने भाडो भीटीएमको अभाव हुँदा परीक्षण प्रभावित भएको दिनेश खबरमा समाचार छ