मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपदका बेला रेडक्रस जहीले पनि अगाडी उभिन्छ : केन्द्रिय सदस्य बोगटी

विपदका बेला रेडक्रस जहीले पनि अगाडी उभिन्छ : केन्द्रिय सदस्य बोगटी


कमल रावल, अछाम ।

नेपाल रेडक्रस शोसाईटिका केन्दिय सदस्य बृकेश बोगटीले रेडक्रस विपदमा जहीले पनि अगाडी हुने बताएका छन् । महामारी आईपर्दा, बाढि, पहीरो, दैबिक प्रकोपका समस्या आईपर्दा रेडक्रसले साथ दिने गरेको बताए ।

बिश्व रेडक्रस दिवसको अवसरमा संचारकर्मीसंग कुरा गर्दै बोगटीले रेडक्रसका संस्थापक हेनरी ड्यूनाको जन्म दिनको दिन मे ८ मा बिश्व रेडक्रस दिवस मनाईदै आएकाले हरेक ब्यक्ति सेवाभाबका साथ अगाडी बढ्नु पर्नेमा उहाँको जोड छ ।

यतिबेला कोरोनाभाईरसका कारण बिश्व तथा नेपाल समेत जुधिरहेकाले हरेकले राहत तथा उद्धारका कार्यमा अग्रसर हुनुपर्ने उहाँको भनाई छ । अछाम जिल्ला रेडक्रस शोसाईटिले समेत जिल्लामा कोरोनाभाईरसको जोखिमलाई कमगर्न हरेक ब्यक्तिलाई सचेतना जगाउदै आएको जानकारी दिए ।

जिल्लाका १७ वटा उपशाखाका प्रत्येक रेडक्रस कर्मिले टेलिफोन मार्फत भएपनि पनि सजग, सचेत सहीत एकान्तबास बस्न आग्रह गरिरहेका बताए । बिशेष गरि यतिबेलाको समयमा समस्या पारेका वर्गका नागरिकलाई सरसफाईमा ध्यान दिन, सेनेटाईजर, साबुन, मास्क लगाएतका सामाग्री समेत वितरण गरिदै आएको जानकारी दिएका छन् ।