मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखका वडामै स्वास्थ्य जाँच गरिदैँ, ऋषिदहमा मात्रै ४५ जना गर्भवतिको भिडियो एक्सरे गरियो

मेल्लेखका वडामै स्वास्थ्य जाँच गरिदैँ, ऋषिदहमा मात्रै ४५ जना गर्भवतिको भिडियो एक्सरे गरियो


लाल बहादुर चदारा, अछाम – मेल्लेख गाउपालिकाका वडा वडामा अहिले स्वास्थ्य जाँच गरिदैँ आईएको छ । शुक्रबार मात्रै गाँउपालिकाका वडा नम्बर १ र २ ऋषिदहमा गर्भवति महिलाको भिडियो एक्सरे सहीत स्वास्थ्य अबस्थाको बारेमा चेकजाँच गरिएको छ ।

मेल्लेख गाउपालिका स्वास्थ्य शाखाको सहयोेग तथा स्वास्थ्य चौकीको आयोजनामा २ दिनमा ४५ जनाको भिडियो एक्सरे सहित स्वास्थ्य चेकजाँच गरिएको हो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण गर्भवती महिलालाई आइपर्न सक्ने समस्यालाई मध्यनजर गर्दै वडामै गएर भिडियो एक्सरे गरिएको मेल्लेख स्वास्थ्य शाखाले जनाएको छ ।

२ वडाका दुर्गमका महिलाहरुलाई भिडियो एक्सरे वडामै गएर प्रदान गरिएपछि निकै खुशि भएको ठाँटी स्वास्थ्य चौकिका स्टाफ नर्स संम्झना सिंहले बताईन ।

यसरी गाउकै स्वस्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मिबाट वडामै भिडियो एक्सरे सेवा तथा चेक जाच गरिए पछि महिलाहरु निकै खुसी भएका छन ।