मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार ! हामीलाई राहत कहिले दिने

सरकार ! हामीलाई राहत कहिले दिने


दैलेखको ठाटीकाँध गाउँपालिकामा २०७५ चैत्र २२ मा परेको असिनाले नष्ट गरेको गहुँबाली हेर्दै, महिला कृषक । तस्वीर : भक्तबहादुर शाही

भक्तबहादुर शाही , दैलेख ।

एकबर्ष अघि ठाटिकाँध गाउँपालिका–१ बेल नेपालीले छोरा र श्रीमान पैसा कमाउन कालापहाड गएकाले साहुमहाजनबाटै गहुँको विउ एक हल गोरु ल्याएर १ रोपनी जग्गामा गाउँकै छिमेकी लगाए गहुँबाली लगाइन । समयमै पानी परेकाले गहुँबाली राम्रै उत्पादन दिनेमा नेपाली ढुक्क थिइन् ।

मजदुरी गर्न भारत गएका श्रीमान् चैत्र दशैमा घर आउने आशाले गहुँको नौलो खुवाउनेमा उनी आतुर थिइन् । तर २०७५ चैत्र २२ मा परेको असिनाले गहुँबाली नष्ट गरिदिएपछि बेल नेपालीको परिवारलाई गहुँको नौलो खुवाउने इच्छा मनमै रह्यो । असिनापानीले गहुँ जौं नष्ट बनाएदिएपछि उनको सपना पुरा हुन पाएन । नेपालीलाई मात्र होइनन् ।

त्यतिबेला ठाटिकाँध गाउँपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, दुल्लू नगरपालिकाका बासिन्दामा नेपाली परिवार जस्तै सपना अधुरै रह्यो । गुहँबाली भित्राउन लागेको बेला असिना पानीले हिउँदे खेती नष्ट गरिदिएपछि त्यस भेगका अधिकाँश कृषकमा के खाने भन्ने चिन्ताले पिरोलिएका थिए । असिना गर्दा चामुण्डा विन्द्रासैनी र ठाटिकाँधमा करोडौं गहुँ जौं सखाप पारेको थियो ।

असिनापानीले गहुँबालीमा क्षति पु-याएपछि संघीय साँसद पार्वती विसुन्केले त्यहाँका जनतालाइ राहत उपलब्ध गराउन संघीय सभामा माग राखिन भने कर्णाली प्रदेश सरकारले प्रदेशभरि असिना पीडितका लागि २ करोड राहत उपलब्ध गराउने निर्णय ग¥यो । प्रदेश सरकारको निर्णय अनुसार ठाटीकाँध असिनापीडितले ४० लाखको राहत ठाटीकाँध स्थित एनसीसी बैंकबाट बुझे ।

प्रदेश सरकारको राहत केही व्याक्ति पाएपनि केहीले पाउन सकेनन् । राहतलाई पारदर्शिता गर्नको लागि ठाटीकाँध गाउँपालिकाले असिना पीडितलाई बैंकमा खाता खोल्न लगाई राहत वितरण गरेको थियो । सबैसँगै खाता खोल्नको लागि आवश्यक कागजपत्र नहुँदा केही असिना पीडित बञ्चित हुनु प-यो । हामीले कागजपत्र भएका व्याक्तिलाई बैंकमा खाता खोल्न लगाई नजिकैको कागजपत्र नहुने नजिकैको छिमेकीको पैसा समेत उनीहरुको सहमतिमा बैंकमा हाल्यौं । कसैले आफन्तलाई पैसा आउदैछ भनेर दिएनन् । कसैले विभिन्न बाहना बनाएर राहत सँग आफन्तलाई नदिएको कुरा सुन्नमा आएको ठाटीकाँध गाउँपालिकाका एक कर्मचारीले बताए ।

तर असिना पीडितको राहत रकम घरदैलो गरेर वितरण गर्नुपर्ने स्थानीयबासीको माग गरेका थिए । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बैंकमा खाता खोल्न लगाउनु राम्रो नभएको स्थानीयबासी गगनबहादुर विकले बताए । घरघरमै गएर राहत वितरण गर्दा राम्रो हुने थियो,सबैले पाउने थिए । तर बैंकमार्फत राहत वितरणले टाठावाठाले मात्र पाउने गरेको उनले आरोप लगाए । बैंकमा खाता खोल्दा केही आवश्यक कागजपत्र चाहिन्छन । कसैसँग ती कागजपत्र छैन । अर्को खातामा पठाउदा टाठावाठाले राहत आउँदछ भनेर दिएनन् ।

प्रदेश सरकारले असिनापीडितका लागि गाउँपालिकामा पठाएको ४० लाख रकम वितरण गरिएपनि गाउँपालिकाले आर्थिक बर्ष ०७६÷०७७ मा असिनापीडित लागि १ करोड २३ लाख ४१२ रकम विनियोजन गरेको थियो । गाउँपालिकाले विनियोजन गरेको एक बर्ष एक महिना वितिसक्दा पनि राहत नपाएको वडानं –२ का पुन्ने विकले बताए ।उनले भने, ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधिले चौथो गाउँसभामा मार्फत एक महिनाको तलव,असिनापीडितलाई विभिन्न राहत दिन्छौं भने तर गाउँपालिकाबाट छुटाईएको पैसा त दिएनन् कहाँ तलब दिने हुन,उनले दुखेसो पोखे ।

“विश्वव्यापी फैलिएको कोरोना भाइरसले गर्दा भारत गएका पनि घर फर्किएका छैनन् । अरु ठाउँकाले जनतालाई त्यहाँको सरकारले राहत दियो । हामीलाई त गतवर्ष असिनाले मा¥यो । यो बर्ष कोरोना रोगले काम नै गर्न दिएन । के खाने हो । सरकारले हामीलाई राहत कहिले दिने हो थाहा छैन । सक्नुहुन्छ भने छिटो पठाइदिनु होला भन्नु प¥यो, नेपालीले भनिन् । वेल नेपाली जस्तै ठाटीकाँधमा ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका विपन्न परिवारलाई समस्या परेको सोही ठाउँका खडगे कामीले बताए । पोहोर सालको त राहत पाएनौं । ‘त्यतिबेला काम गरेर जहानपरिवार पाल्यौं । यो पाली घरभित्र बस रोग लाग्छ भनेर घरमै छौं,राहत आउदैन । कतै कसैले बोल्दा पनि राहत लिन आउ भनेकी भनेर आश मात्र लाग्न थाल्यो’ उनले भने ।

ठाटीकाँध गाउँपालिकाका कर्मचारी पदमबहादुर बमले हामीले तत्कालन लकडाउन हुँदा असिना पीडितको राहत वितरण गर्न ढिलाइ भएको हो । कोरोना संक्रमणले गर्दा लकडाउन हुँदा विपन्न परिवारलाई राहत दिनुपर्ने विभिन्न जिल्ला र भारत वा तेस्रो मुलुकबाट मान्छेको व्यवस्थापन गर्दा ढिलो भएको हो । अब केही दिनमा राहत विरतण गरिने बताए । असिना पीडितको राहत लिनेको लागि अझै पनि १३ जनाले बैकमा खाता खोलेका छैन ।

९३ हजार ५०४ चेक काटन बाँकी रकम रहेको छ भने ९९ लाख २९ हजार ९०७ चेक काटेर बैंकमा पठाई सकिएको गाउँपालिका कर्मचारी पदमबहादुर बमले जानकारी दिए । असिना पीडितका लागि वडानं –१ मा ३८ लाख ८६ हजार २२ रुपैयाँ, वडानं –२ मा ३९ लाख ६९ हजार १६४ रुपैयाँ, वडानं –६ मा २१ लाख ६८ हजार २२२ रुपैयाँ राहत वितरण गरिनेछ बमले भने । ठाँटीकाँध गाउँपालिकाको वडा नं.१,२ र ६ मा लगाइएको बाली पूर्ण रूपमा सखाप भएको थियो भने गाउँपालिकाले २१ करोडको क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो । साभार – राजधानी