मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा नम्बर ६ मा बर्षाले गरेको क्षतिको नगरप्रमुख बोहराद्धारा अनुुगमन

वडा नम्बर ६ मा बर्षाले गरेको क्षतिको नगरप्रमुख बोहराद्धारा अनुुगमन


कमल रावल, अछाम

बैशाख २७ गते राति परेको अबिरल बर्षाले मंगलसेन नगरपालिका वडा नम्बर ६ मा गरेको क्षतिको नगरप्रमुुख पदम बहादुर बोहराको नेतृत्वको टोलिले स्थलगत अनुुगमन गरेको छ । ठुलासैन बजार देखि वडा नम्बर ६ को गंगा माध्यामिक विद्यालय र विभिन्न टोलमा जाने सड्कले गर्दा भएको क्षतिको बारेमा अनुुगमन निरिक्षण गरिएको हो ।

बर्षाले सडक ठाउ ठाउमा भत्किनुका साथै सडकमा एकै ठाउमा भएर जाने भलले गर्दा स्थानिय तारा प्रसाद भण्डारीको घर जोखिममा पर्नुका साथै गहबारी र तरकारी बारीमा गरेको क्षतिको अबस्थाबारे जानकारी सहीत घरपरिवारलाई भेटघाट गरिएको छ । सडकमा आउने भलले गर्दा घर सहीत खेतीबारी सडक समेत दिगो नहुने भएकाले तत्काल मर्मतका लागि पहल गरिने नगरप्रमुख बोहराले बताउनु भयो ।

नगरपालिकाको जेसिबी मार्फत मर्मत कार्य सुरु गरि समस्यामा परेका घरपरिवारलाई राहतका लागि छलफल सहित अघि बढने बताउनु भयो । हरेक गाउमा जोडिने सडकको दिगोपनामा सम्बन्धी वडाका नागरिकले सोच्नुपर्ने भएकाले त्यसतर्फ ध्यान जानुपर्नेमा जोड दिनु भयो ।

अनुुगमनको क्रममा नगरप्रमुख बोहरालाई वडाको क्षतिको बारे जानकारी सहीत भाबि दिनमा गर्न सकिने राहतका बारेमा वडा अध्यक्ष जनकराज भण्डारीले जानकारी गराउनु भएको थियो । घर जोखिममा परेका भण्डारीको करिब ८÷९ जनाको घरपरिवार भएकाले उनिहरुको उचित राहतका लागि पहल गर्न आग्रह गर्नु भएको थियो ।

स्थलगत अनुुगमनमा नगरप्रमुख बोहरा सहित प्रमुुख प्रशासकिय अधिकृत ओमकार शाह, वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, नगरपालिका ईञ्जिनियर खम्म केसि, रेडियो रामारोशनका कमल रावल, वडा नम्बर ६ सदस्य देबेन्द्र प्रसाद भण्डारी, गँगा माबिका पुुर्ब प्रअ मनिराज भण्डारी लगाएतको सहभागिता रहेको थियो ।