मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संचारकर्मीका समस्या समाधानका लागि जिससले पहल गर्नुपर्छः प्रदेश सदस्य भट्ट

संचारकर्मीका समस्या समाधानका लागि जिससले पहल गर्नुपर्छः प्रदेश सदस्य भट्ट


कमल रावल, अछाम।

नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश सदस्य पुष्पराज भट्टले अछामका सबै संञ्चारकर्मिका समस्याको समाधानका लागि पहल जिल्ला समन्वय समिती अछामले गर्नुपर्ने बताउनु भएको छ ।

१० वटै स्थानिय तहलाई नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल, प्रेस युनियन र सामुदायिक रेडियो प्रसारक संघ अछामले पहल तथा आग्रह गर्नुभन्दा जिल्लामा समन्वयको काम जिल्ला समन्वय समितीको भएकाले यतिबेला परेका पिडा समस्या समाधानका लागि राहतका लागि समन्वयको भुमिका समन्वय समितीले खेल्नुपर्ने बताउनु भयो ।

अछामका हरेक सामाजिक अभियान सहीत माहामारीको समयमा संञ्चार माध्याममा कार्यरत पत्रकार अग्रपंग्त्तीमा खटेर काम गरिरहेको बताउदै स्थानिय सरकार, सरोकारवाला सबैले सोच्नुपर्ने बेला आएको बताउनु भयो । अछाममा बिशेष गरि यतिबेला सामुदायिक रेडियोमा दिनरात नभनेर ख6]sf संञ्चारकर्मिको ब्यक्तिगत जिवन बिमाको समेत सरकारले ग्यारेण्टी गर्नुपर्ने बताउनु भयो ।

कोरोनाभाईरसको जोखिमबाट सबै बचौँ कार्यक्रममा बोल्दै भट्टले नेपालमा पनि पत्रकारलाई कोरोनाभाईरसको संक्रमण भेटिसकेकाले कसरी आवश्यक सुरक्षाका सामाग्री उपलब्ध गराउन सकिन्छ र चेकजाँचको लागि प्रदेश पत्रकार महासंघसँग समन्वय भईरहेको बताउनु भयो ।

जिल्लामा खट्एिका संञ्चारकर्मिको तथ्याक सँकलन गरि प्रदेश सरकारसँग आवश्यक राहतका लागि माग सहित अगाडी बढ्ने निर्णय भईसकेको जानकारी दिनु भयो । रेडियोमा बोल्ने संञ्चारकर्मिको काम जनतालाई सुशुचित गर्ने मात्र नठान्न समेत उहाँले सरकारलाई आग्रह गर्नु भएको छ ।

हरेक समस्याका बाबजुद यतिबेला गरेको खट्नपट्नको ब्याबस्थापन सहीत आवश्यक राहतका लागि सरकारले बुझनु पर्ने धारणा राख्नु भएको थियो ।