मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने


काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली प्रहार गर्नसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भागेको अवस्थामा सुरक्षाका सबै उपाय अपनाउँदा पनि नियन्त्रणमा लिन नसकिए गोलीसमेत प्रहार गर्नसक्ने निर्णय भएको बताए । उनले भने, “संक्रमित व्यक्ति भागेर पूरै समाजै खतरामा पर्ने सम्भावना रहन्छ । त्यसैले यस्तो निर्णय लिइएको हो । सकेसम्म त्यस्तो अवस्था आउँदैन ।”

बुधबार मात्रै नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना दुई संक्रमित फरार भएका थिए । – baarahkhari