मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट कैलाली फर्किएका ३२४ जनाको र्‍यापिड टेस्ट

भारतबाट कैलाली फर्किएका ३२४ जनाको र्‍यापिड टेस्ट


बाँकीको पीसीआर परीक्षण हुने

धनगढी : सीमावर्ती भारतीय क्वारेन्टाईमा रहेका नेपालीको शुक्रवार कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएकोमा सीमामै र्‍यापिड टेस्ट पनि गरिएको छ।

गौरीफन्टा नाकाबाट तीन सय ८१ नेपालीको उद्धार गरिएको तीन सय २४ जनाको र्‍यापिड टेस्ट गरिएको हो। कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले र्‍यापिड टेस्टमा कसैमा पनि एन्टिबडी नदेखाएको बताए।

उनका अनुसार बाँकी सबैको भने पीसीआर मार्फत परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ।

 ‘भारतको महाराष्ट्र लगायत बढि संक्रमण रहेको क्षेत्रबाट फर्किएका नेपालीको स्वाब संकलन गरेका छौँ। यस्तै भारतमा क्वारेन्टाइन अवधि पूरा नगरेकाहरुको समेत स्वाब संकलन गरिएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशाला मार्फत उनीहरुको परीक्षण हुनेछ।’ उनले दिनेश खवरलाई भने।

भारतको नासिकबाट आएका नेपालीहरुलाई धनगढीमा पनि छुट्टै क्वारेन्टाइनमा राखिएको छ। उद्धार गरिएका तीन सय ८१ जनामा सबैभन्दा बढि कैलालीका एक सय एक जना रहेका छन्।

यस्तै कञ्चनपुरका ३९, बैतडीका २२, डडेल्धुराका १९, बझाङका १२, बाग्लुङका १०, सुर्खेतका ८, डोटीका ७, दाङ र बाजुराका ४/४, दैलेख र कास्कीका २/२, काठमाडौँ, रौतहट, महोत्तरी, सिन्धुली र अछाम जिल्लाका १/१ जनाको उद्धार गरीएको हो।

अहिले सम्म तीन सय ८१ जना मध्ये दुई सय ३५ जनाको मात्रै इन्ट्री भएको छ भने बाँकी एक सय ४६ जनाको इन्ट्री गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। – दिनेश खबर