मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रमजिवी पत्रकारलाई सुरक्षा सामाग्री र आर्थिक प्याकेजको व्यवस्था गर्न सहसंयोजक बुढाको आग्रह

श्रमजिवी पत्रकारलाई सुरक्षा सामाग्री र आर्थिक प्याकेजको व्यवस्था गर्न सहसंयोजक बुढाको आग्रह


अछाम । प्रेस संगठन नेपाल जिल्ला कमिटी, अछामका सहसंयोजक कृष्ण बहादुर बुढाले बर्तमान परिस्थितीमा बिश्व ब्यापी महामारिकारूपमा फैलिरहेको नोवेल कोरना भाईरस अर्थात कोभिड-१९ को जस्तो बिपतको उच्च जोखिमको अग्रमोर्चामा रहेर काम गरिरहेका श्रमजिवी पत्रकारहरूलाई सुरक्षा सामाग्री, आर्थिक प्याकेजको व्यवस्था गर्न आग्रह गरेका छन।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा, अछामको आयोजनाको भर्चुअल’ बैठकमा बोल्दै सह संयोजक बुढाले पत्रकारहरूको हितमा बोल्दै मिडिया हाउसलाई बिजुली तथा टेलिफोन महशुलको छुटको व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन ।

साथै सहसंयोजक बुढाले प्रेस संगठन नेपाल जिल्ला कमिटी, अछामले केहि दिन भित्र जिल्लामा जोखिम मलेर अहोरात खटी नागरिकहरूलाई सुसूचित गराई महामारी रोग नफैलिनदिन महत्तवपूर्ण काम गरिरहेका पत्रकार र मिडिया हाउसलाई सुरक्षा सामाग्री पीपीई, थर्मा गन, मास्क र सेनिटाईजर लगायतका सुरक्षा सामाग्रीहरू बितरण गरिने समेत जनाएका छन ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा, अछाम र प्रेस युनियन अछामलाई सहकार्यका लागि अनुरोध गरे सॅंगै तिन वटा संगठनको संयुक्त बैठक समेत बसिसकेको थियो र सो बैठकले पत्रकारहरूको सुरक्षामा जोड दिदै विविध निर्णय गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको सहसंयोजक बुढाको भनाइ थियो ।

प्रेस संगठन नेपाल जिल्ला कमिटी, अछामले यस अघि पनि प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकारहरूको सुरक्षा र आर्थिक प्याकेज र सुरक्षा सामाग्री व्यवस्था गर्न स्थानिय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा, अछामलाई प्रविधिकोमा बर्तमान परिस्थितिको मध्यनजर गर्दै प्रविधिको प्रयोग गरि भर्चुअल मिटींगको आयोजना गरि पत्रकारहरूको समस्या र धारणा राख्ने व्यवस्था गरेकोमा आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।